
काठमाडौ । प्रभु मनी ट्रान्सफरबाट पठाएको पैसा राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट भुक्तानी पाइने भएको छ । कम्पनी र बैकबीच सोमबार रकम भुक्तानी गर्ने बारे सम्झौता भएपछि यो सुविधा पाइने भएको हो । सम्झौतामा प्रभुका नायव महाप्रवन्धक रामेश्वर सापकोटा र वाणिज्य बैंकका विभागिय प्रमुख कविराज अधिकारीले हस्ताक्षर गरे । वाणिज्य बैकका देशभरी १ सय ४० वटा शाखा छन् ।
यस्तै प्रभु फाइनान्स र वाणिज्य बैकबीच पनि विदेशबाट आएको रकम भुक्तानी दिने बारे सम्झौता भएको छ । बैंकमा विदेशबाट आएको रकम प्रभुका शाखाबाट भुक्तानी लिन पाइने भएको छ । यो सम्झौतामा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र बैंकका अधिकारीले हस्ताक्षर गरे । प्रभुका देशभरी ३७ वटा शाखा छन् ।