अग्नीले ल्यायो चार लाख पर्ने डिमेक बाइक, अपाचेको पनि नयाँ मोडल

बिजमाण्डू
२०६९ साउन २३ गते ००:०० | Aug 7, 2012
अग्नीले ल्यायो चार लाख पर्ने डिमेक बाइक, अपाचेको पनि नयाँ मोडल

काठमाडौ । अग्नी इन्कपोरेटेडले पौने चार लाख मूल्य पर्ने मलेसियाको ‘डिमेक’ ब्रान्डको दुई नयाँ मोडेलका मोटरसाइकल नेपाली बजारमा ल्याएको छ । कम्पनीले डिटिएम– १५० र कम्ब्याट मोडेल नेपाली बजारमा ल्याएको हो । कम्पनीले डिटिएम बाइकको मूल्य ३ लाख ७५ हजार र कम्ब्याटको मूल्य २ लाख ७५ हजार तोकेको छ । दुबै बाइक स्टाइलिस सुविधायुक्त रहेको कम्पनीको दावी छ ।
डिटिएममा सिंगल सिलिन्डर फोर स्ट्रोक एयर कुल्ड इन्जिन जडान गरिएको छ । आर्कषक साइलेन्सर, शक्तिशाली डिस्कब्रेक, मोनो सस्पेन्सन, डिजिटल स्पिडोमिटर लगायतका सुविधा छन् । यो रफ बाटोमा कुदाउन सकिन्छ । कम्ब्याट मोडेलमा सिंगल सिलिन्डर फोरस्ट्रोक एयरकुल्ड १ सय ५० सीसी इन्जिन, डिजिटल स्पिडोमिटर, फ्रन्ट र रियर ड्रमब्रेक लगायतका सुविधा छन् ।
यसैगरी युवावर्गको मागलाई ध्यान दिएर उत्पादन गरिएको टिभिएस मोटरसाइकलको नयाँ मोडेलका अपाचे बाइक नेपाली बजारमा आएको छ । सन् २०१२का अपाचेका नयाँ सिरिज सिजी अटोमोबाइल्सले नेपाली बजारमा ल्याएको हो । सिजी अटोमोबाइल्स टिभिएस बाइकको आधिकारिक बिक्रेता हो । कम्पनीले अपाचे आरटिआर– १६० र आरटिआर–१८० मोडेल ल्याएको हो ।  कम्पनीले आरटिआर– १६०को मूल्य २ लाख ९ हजार ९ सय र आरटिआर–१८०को मूल्य २ लाख २३ हजार ९ सय तोकेको छ । नयाँ मोडेलमा आर्कषक आलका लिड पाइलट ल्याम्प जडित छ ।
अपाचे–१६० मोडलले १५.२ पिएसको शक्ति उत्पादन गर्छ भने यो १ सय १८ किलोमिटर प्रतिघन्टा कुद्नसक्छ । अपाचे आरटिआर–१८० ले १७.०३ पिएस शक्ति उत्पादन गरेर १ सय २४ किलोमिटर प्रतिघन्टा कुद्नसक्ने कम्पनीको दावी छ ।  कम्पनीका अनुसार आरटिआर–१६० हरियो, रातो, पहँेलो र खैरो रंगमा उपलब्ध छ भने आरटिआर–१८० पहँेलो, खैरो, कालो र सेतो रंगमा उपलब्ध छ ।

Tata
GBIME
Nepal Life