सुजुकीको नयाँ सुविधासहितको ए–स्टार काठमाडौंमा, मूल्य साढे २१ लाख

बिजमाण्डू
२०६९ साउन २३ गते ००:०० | Aug 7, 2012
सुजुकीको नयाँ सुविधासहितको ए–स्टार काठमाडौंमा, मूल्य साढे २१ लाख


काठमाडौ । सिजी अटोमोबाइल्सले नयाँ सुविधा सहितको सुजुकीको ए–स्टारको बिक्री सुरु गरेको छ । सुजुकीले चार वर्षअघि नै यो कार बजारमा ल्याएको थियो । उपभोक्ताको मागलाई ध्यान दिएर नयाँ सुविधा सहित यो कार सुजुकीले बजारमा ल्याएको हो । नयाँ ए–स्टारमा केबी– १० सिरिज इन्जिन प्रयोग भएको छ । यो कारले ६ हजार २ सय आरपिएममा ६८ पिएसको शक्ति दिन्छ ।
कम्पनीका अनुसार ३ हजार ५ सय आरपिएममा ९० एनएमको टर्क उत्पादन गर्छ । दुई मोडेलको यो कारले ‘स्मल कार अफ दि इयर’ र ‘कार अफ दि इयर’को अन्तर्राष्ट्रिय अवार्ड समेत जितिसकेको कम्पनीले जनाएको छ । कम्पनीले नेपाली बजारमा ल्याएको ए–स्टार भिएक्सआई मोडेलको मूल्य २० लाख ३३ हजार र जेडएक्सआईको २१ लाख ३३ हजार तोकेको छ । यो कार साँघुरा गल्लीमा समेत सजिलै चलाउन सकिने कम्पनीले जनाएको छ ।
यो कारले एक लिटर पेट्रोलले १९ किलोमिटर कुद्ने कम्पनीले दावी गरेको छ । कारको इन्टेरियर आर्कषक बनाइएको छ । अहिलेको ए–स्टारमा नयाँ डिजाइनका अलोई ह्विल, रेयर स्पोइलर, युएसबी पोर्टसहितको म्युजिक सिस्टम लगायतका सुविधा छन् ।

Tata
GBIME