काठमाडौं । भैरहवाबाट काठमाडौं आउँदै गरेको लु १ ख ७०५१ नम्बरको बस मंगलबार बिहान धादिङको सिम्लेमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् । बस महादेवस्थान सिम्लेको महेश खोलामा खसेको हो । दुर्घटनास्थलमा १० जनाको मृत्युभएको र एक जनाको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा दुर्घटना भएको हो । मृत्यु हुनेमा दुई जना महिना र ९ जना पुरुष छन् । दुर्घटनाका घाइते सबैलाई काठमाडौं ल्याइएको छ ।
