काठमाडौं । सरकारी पोशाक नलगाउने कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको छ । सोमवार मात्रै मुख्यसचिवमा नियुक्त लीलामणि पौडेलसहित सरकारका सबै सचिवलाई पत्र लेख्दै आयोगले यस्तो निर्देशन दिएको हो ।
आयोगले पोशाक नलगाउने कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएसँगै कुनै पनि कामको जिम्मेवारी नदिन पनि निर्देशन दिएको छ । कर्मचारीका लागि सरकारले हरेक वर्ष साढे सात हजार रुपैयाँ पोशाक भत्ताको व्यवस्था गरेको छ ।
