समस्यामा अग्नी एअरका सुधिर, कालोसूचीबाट हटे लगत्तै सम्पत्ति लिलामी

बिजमाण्डू
२०६९ साउन २२ गते ००:०० | Aug 6, 2012
समस्यामा अग्नी एअरका सुधिर, कालोसूचीबाट हटे लगत्तै सम्पत्ति लिलामी


काठमाडौं । अग्नी एयरका सञ्चालक तथा ओरियण्टल हाउजिङका सञ्चालक सुधिर बस्नेतलाई समस्याको धुइरोले तत्काल पिछा छोड्ने सम्भावना देखिंदैन । त्यसैले उनी एकातिरको समस्या टाल्न नपाउँदै अर्को समस्यामा घेरिन्छन् ।
चेक बाउन्स भएपछि नेपाल इन्भेष्टमेन्ट बैंकको सिफारिशमा कालोसूचीमा परेका बस्नेतले एक सातापछि त्यो समस्या त हल गरे तर अर्को वित्तीय समस्याले उनलाई घेरिसकेको छ । कालोसूचीबाट हटेको दुई दिन पछि बैंक अफ एसिया नेपालले बस्नेतको सम्पति लिलामीको सूचना निकालेको छ । बैंक अफ एशियासँग लिएको ऋण नतिरेपछि उनको नाममा बैंकले सूचना जारी गरेको हो । ओरिन्टल विल्डर्स एन्ड डेभलपर्स प्रालिका नाममा वस्नेतले ओभरड्राफ्ट ऋण लिएका थिए । ऋण नतिरेपछि बैंकले ३५ दिनसम्मको समय दिँदै लिलाम गर्ने सुचना सोमबार सार्वजनिक गरेको हो ।

गतवर्ष अमेरिकामा आयोजित घरजग्गा मेलामा ओरिन्टल हाउजिङका वारेमा जानकारी दिंदै सुधिर बस्नेत, बस्नेतको यही कम्पनीका नाममा भएको सम्पत्ती लिलामी हुने भएको छ ।

Tata
GBIME

बस्नेतले ३५ दिनभित्र ऋण नतिरे उनको धापासी वडा नंवर २ को १४ रोपनी र वडा नंवर ५ को १३ रोपनी जग्गा लिलाम हुने छ । बस्नेतले २०६५ मा बैंक अफ एसियाबाट १५ करोड रुपैयाँको ओभरड्राफ्ट ऋण लिएका थिए । उनले त्यसको १५ प्रतिशत ब्याज तिर्नुपर्दथ्यो ।
बस्नेत केही दिनअघि मात्रै नेपाल इन्भेस्टमेन्ट बैंकको सिफारिसमा कर्जा सुचना केन्द्रको कालो सुचीमा परेका थिए । उनले जारी गरेको चेकमा पर्याप्त रकम नभएर वाउन्स भएपछि कालोसुचीमा परेका थिए । पैसा भुक्तानी गरेपछि केन्द्रले उनलाई कालोसुचीबाट हटाइसकेको छ ।
बस्नेतले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट ४ अर्ब रुपैयाँभन्दा वढी ऋण चलाएका छन् । उनी एक दर्जन बैंकका ऋणी हुन् । केही महिनाअघि ऋण नतिरेको भन्दै बस्नेतलाई किस्ट बैंकले पनि ऋण तिर्न आउने सुचना जारी गरेको थियो ।
बस्नेतले सिटिजन्स् बैंक इन्टरनेसनल, बैंक अफ काठमाण्डू, हिमालयन, बैंक अफ एसिया, ग्रान्ड बैंक नेपाल, प्राइम कमर्सियल बैंकलगायतका बैंकबाट ४ अर्ब ऋण लिएका छन् ।
बस्नेतको अग्नी एयरका साथै आयुसा हाउजिङ, कोहिनुर हिल्स हाउजिङ, इस्टर्न अपार्टमेन्ट, ओरेन्टल इन्डिभिज्युवल होम्सलगायत हाउजिङ कम्पनी छन् ।
बस्नेत किन परेका थिए कालोसूचीमा यो पढ्नुहोस्