दोब्बर नाफाले लोभिएनन् लगानीकर्ता, ग्राण्ड बैंकको सेयर मूल्य घट्यो, नेप्सेमा सुधार

बिजमाण्डू
२०६९ साउन २१ गते ००:०० | Aug 5, 2012
दोब्बर नाफाले लोभिएनन् लगानीकर्ता, ग्राण्ड बैंकको सेयर मूल्य घट्यो, नेप्सेमा सुधार

काठमाडौं । गत आर्थिक वर्षमा उच्च मुनाफा आर्जन गरेको प्रतिवेदन सार्वजनिक गरेकै दिन ग्राण्ड बैंकको सेयर मुल्य घटेको छ । आइतबार कम्पनीको सेयर मूल्य प्रति सेयर नौ रुपैंया (४.२१ प्रतिसतल) ले घटदै २०५ रुपैंयामा आएको छ । आईतबार बैंकका २० लाख ३१ हजार रुपैंया बराबरका ९ हजार ७ सय ६४ कित्ता सेयर कारोबार भएका छन् । बैंकले आईतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय प्रतिवेदन अनुसार नाफा दोब्बर भन्दा बढिले बढेको छ । २०६७/६८ मा ८ करोड ९० लाख नाफा गरेको बैंकले २०६८/६९ मा १८ करोड ३६ लाख नाफा गरेको वित्तीय विवरणले देखाउँछ ।  
मुनाफामा उच्च वृद्धि भएको विवरणमा वावजुद बैंकको सेयर मूल्य घटनुले बैंकको नतिजाप्रति लगानिकर्ता सकारात्मक नभएको देखिन्छ । दुई अर्व चु्क्ता पुँजी भएको बैंकले हालै मात्रै रि–ब्राण्डिङ गर्दे साविकको नाम डिसिबिएलबाट ग्राण्ड बनेको हो ।
नेप्सेमा सुधार
यता नेप्सेले साताको सुरुवात सकारात्मक सन्देशका साथ गरेको छ । आइतबार नेप्से परिसूचक ०.७४ अंकले बढदै ४०२.९३ मा रहेको छ । बुधबार होटल तथा वित्त बाहेक अन्य सबै समूहगत उपसूचकहरु उकालो लागेका छन् । विगत केहि दिनदेखि उच्च मुल्य घटने कम्पनीको सूचीमा अग्रस्थानमा रहको नेपाल आवास फाइनान्स कम्पनीले बुधबार पनि यहि क्रमलाई निरन्तरता दिंदा कम्पनीको सेयर मुल्य १२ रुपैंया (९.३० प्रतिसत) ले  घटेर १ सय १७ मा आएको छ । उच्च दरमा मूल्य बढ्ने कम्पनीमा अग्रस्थानमा रहेको प्राईम लाईफ इन्स्योरेन्सको सेयर मूल्य २३ रुपैंया (९.७९ प्रतिसत) ले बढेर प्रति सेयर २ सय ५८ पुगेको छ ।
आइतबार ४ करोड ९७ लाख रुपैंया बराबरको १ लाख ३७ हजार ९ सय ७० कित्ता सेयर कारोबार भएको छ । आईतबार उच्च कारोबार गर्ने कम्पनीको सूचीमा अग्रस्थानमा रहको चिलिमे हाइड्रोपावरको कम्पनीको १ करोड ४२ लाख रुपैंया बराबरका र दोश्रो स्थानको एभरेष्ट बैंकको ६५ लाख ६४ हजार रुपैंया बराबरको कारोबार भयो ।

Tata
GBIME
Nepal Life

यो पनि पढ्नुहोस्

ग्रान्ड बैंकको नाफा दोब्बरले बढ्यो, १८ करोड मुनाफा, लगानीकर्तालाइ प्रतिफल १० प्रतिशत

http://www.bizmandu.com/content/-451.html#.UB5ugqBeP1Q