डलरको तुलनामा खस्कियो भारु, दुई दिनमा ८८ पैसा कमजोर, नेपालमा असर आइतवार

बिजमाण्डू
२०६९ साउन १९ गते ००:०० | Aug 3, 2012
डलरको तुलनामा खस्कियो भारु, दुई दिनमा ८८ पैसा कमजोर, नेपालमा असर आइतवार

काठमाडौं । साताको अन्तिम कारोवारी दिन शुक्रवार डलरको तुलनामा भारतीय रुपैयाँ फेरी खस्किएको छ । यसको असर भारतीय मुद्रासँग स्थिर विनिमयदर भएको नेपाली मुद्रालाई पनि पर्ने पक्का छ ।
अमेरिकी डलरसँग शुक्रवार भारतीय रुपैयाँ ३३ पैसाले कमजोर भयो । विहिवार पनि डलरको तुलनामा ३५ पैसाले कमजोर भएर भारु ५५ रुपैयाँ ८४ पैसामा कारोवार भएको थियो । शुक्रवार बजार खुलेपछि भारु थप कमजोर भएर ५६ रुपैयाँ १० पैसाको हाराहारीमा आइपुगेको छ ।
विहिवार र शुक्रवार डलरको तुलनामा भारु कमजोर भएपछि त्यसको असर नेपाली बजारमा आइतवार देखिनेछ । शुक्रवारका लागि नेपाल राष्ट्र बैंकले डलरको विनिमयदर ८९ रुपैयाँ १३ पैसा बनाएको छ । आइतवार यो बढेर ९० रुपैयाँ नाघ्ने सम्भावना छ ।
१० दिन अघि मात्रै एक डलरको विनिमयदर ९० रुपैयाँ नाघेको थियो । त्यसयता ८४ झरेको डलर विस्तारै उकालो लागिरहेको छ ।

Tata
GBIME
Nepal Life