
काठमाडौं । बुक क्लोजपछिको पहिलो कारोबारमा नेसनल इन्स्योरेन्स कम्पनीको सेयर प्रति कित्ता १०४ रुपैंया (२१.७१ प्रतिसत) ले घटेको छ । मंगलबारदेखिका खरिदकर्ताले कम्पनीले वितरण गर्न लागेको ३० प्रतिशत लाभांश प्राप्त नगर्ने भएपछि कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको हो । कम्पनीले बुक क्लोजिङका लागि अन्तिम म्याद १५ साउनको मिती दिएको थियो ।
नेप्सेमा वृद्धि जारी
सोमबारको बृद्धिलाई निरन्तरता दिने क्रममा नेप्से परिसुचक मंगलबार ०.३८ अंकले बढदै ४००.९७ मा पुगेको छ । कारोवार सुरु भएको केहि समयपश्चात घटन थालेको परिसूचक ४०० भन्दा तल झरेको थियो । पछि बजार बन्द हुने समयमा माथि उल्लेको हो ।
सोमबार झै मंगलवार पनि नेपाल आवास फाइनान्स कम्पनी नै उच्च मुल्य घट्ने कम्पनीमा परेको छ । मंगलबार यस कम्पनीको सेयर मुल्य १४ रुपैंयाले घटरे एक सय ४३ मा आइपुगेको छ । सोमबार कम्पनीको सेयर मूल्य १७ रुपैयाले घटेको थियो । यसैगरी पब्लिक डेभलपमेण्ट बैंकको सेयर मुल्य ६ रुपैंया (९.३८ प्रतिसत) ले बढेर प्रति सेयर ७० मा पुगेको छ ।
मंगलबार कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा केहि गिरावट आएको छ । मंगलबार चार करोड ५३ लाख रुपैंया बराबरको एक लाख ३९ हजार ४०५ कित्ता सेयर कारोवार भयो भने सोमबार चार करोड ९१ लाख रुपैंयाका एक लाख ६० हजार ६ सय ९४ कित्ता सेयरहरु किनबेच भएका थिए ।
मंगलबार उच्च कारोबार गर्ने कम्पनीमा अग्रस्थानमा रहको एभरेष्ट बैंकको ७७ लाख ३९ हजारका सेयर किनबेच भए भने आईतबार र सोमबार दुबै दिन उच्च कारोवार गर्न सफल चिलिमे हाइड्रोपावरको कम्पनीको ५१ लाख ४१ हजार रुपैंया बराबरको कारोबार भयो ।