BIZMANDU
www.bizmandu.com

बुक क्लोज भएपछि नेशनलको सेयर मूल्य १०४ रुपैयाँले झर्यो, सूचकमा वृद्धि जारी

२०६९ साउन १६

बुक क्लोज भएपछि नेशनलको सेयर मूल्य १०४ रुपैयाँले झर्यो, सूचकमा वृद्धि जारी
बुक क्लोज भएपछि नेशनलको सेयर मूल्य १०४ रुपैयाँले झर्यो, सूचकमा वृद्धि जारी


काठमाडौं । बुक क्लोजपछिको पहिलो कारोबारमा नेसनल इन्स्योरेन्स कम्पनीको सेयर प्रति कित्ता १०४ रुपैंया (२१.७१ प्रतिसत) ले घटेको छ । मंगलबारदेखिका खरिदकर्ताले कम्पनीले वितरण गर्न लागेको ३० प्रतिशत लाभांश प्राप्त नगर्ने भएपछि कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको हो । कम्पनीले बुक क्लोजिङका लागि अन्तिम म्याद १५ साउनको मिती दिएको थियो ।
नेप्सेमा वृद्धि जारी
सोमबारको बृद्धिलाई निरन्तरता दिने क्रममा नेप्से परिसुचक मंगलबार ०.३८ अंकले बढदै ४००.९७ मा पुगेको छ । कारोवार सुरु भएको केहि समयपश्चात घटन थालेको परिसूचक ४०० भन्दा तल झरेको थियो । पछि बजार बन्द हुने समयमा माथि उल्लेको हो ।
सोमबार झै मंगलवार पनि नेपाल आवास फाइनान्स कम्पनी नै उच्च मुल्य घट्ने कम्पनीमा परेको छ । मंगलबार यस कम्पनीको सेयर मुल्य १४ रुपैंयाले  घटरे एक सय ४३ मा आइपुगेको छ । सोमबार कम्पनीको सेयर मूल्य १७ रुपैयाले घटेको थियो ।  यसैगरी पब्लिक डेभलपमेण्ट बैंकको सेयर मुल्य ६ रुपैंया (९.३८ प्रतिसत) ले बढेर प्रति सेयर ७० मा पुगेको छ ।
मंगलबार कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा केहि गिरावट आएको छ । मंगलबार चार करोड ५३ लाख रुपैंया बराबरको एक लाख ३९ हजार ४०५ कित्ता सेयर कारोवार भयो भने सोमबार चार करोड ९१ लाख रुपैंयाका एक लाख ६० हजार ६ सय ९४ कित्ता सेयरहरु किनबेच भएका थिए ।
मंगलबार उच्च कारोबार गर्ने कम्पनीमा अग्रस्थानमा रहको एभरेष्ट बैंकको ७७ लाख ३९ हजारका सेयर किनबेच भए भने आईतबार र सोमबार दुबै दिन उच्च कारोवार गर्न सफल चिलिमे हाइड्रोपावरको कम्पनीको ५१ लाख ४१ हजार रुपैंया बराबरको कारोबार भयो ।  

Tata
GBIME
NLIC