मूल्यवृद्धि रोक्न चेम्वर अध्यक्षको माग, कृषि उत्पादनको समर्थन मूल्य तोक्न प्रस्ताव

बिजमाण्डू
२०६९ साउन १६ गते ००:०० | Jul 31, 2012

काठमाडौ । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष सुरेश कुमार बस्नेतले खाद्यान्न लगायतका उपभोग्य बस्तुहरुको मुल्यवृद्धि रोक्न सरकारलाई आग्रह गरेका छन् । दैनिक उपभोग्यवस्तुले सर्वसाधरणलाई पर्ने प्रभाव र न्यूनीकरणका उपाय बारेको सोमबार आयोजित छलफल कार्यक्रममा उनले यो आग्रह गरेका हुन् ।
उनले मुल्यवृद्धि हुनुमा आन्तरिक तथा वाह्य कारण रहेको उल्लेख गर्दै मूल्य नियन्त्रणका लागि मौद्रिक नीति समेत असफल भएको बताए । उनले धेरै उपभोग्यवस्तु विदेशसँग निर्भर रहेको र डलर बलियो हुँदा मूल्यको चाप परेको बताए ।
धेरै जसोवस्तु विदेशबाट आयात हुन्छन् । पछिल्लो समयमा डलर बलियो भएर पनि मूल्य बढेको छ, बस्नेतले भने ।  चेम्वरका खुद्रा, खाद्य तथा आपूर्ति समितिका सभापति तथा कार्यसमिति सदस्य कृष्णमान श्रेष्ठले सरकारले उत्पादनशील क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्ने बताए ।  
उनले कृषि उत्पादन वृद्धिका लागि किसानमैत्री नीति नियम आवश्यक रहेको बताउंदै प्रत्येक गा.वि.स. मा कृषि विशेषज्ञ सहितको कृषि सामाग्री वितरण केन्द्र, उत्पादन संकलन केन्द्र, उत्पादित बस्तुको समर्थन मूल्यको आवश्यकता रहेको बताए ।
नेपाल बनस्पती घीउ तेल उत्पादक संघका अध्यक्ष विकास दुगडले कच्चा पदार्थ र डलरको मूल्यवृद्धिले दैनिक उपभोग्य बस्तुमा चाप परेको बताए ।
नेपाल खुद्रा व्यापार संघको अध्यक्ष पवित्रमान बज्राचार्यले मूल्यवृद्धिको कारक तत्व पहिचान गरी व्यवसायीमाथि गरिने दुव्र्यवहार तत्काल रोक्न सम्पूर्ण व्यवसायी एक हुनुपर्नेमा जोड दिए । तरकारी तथा फलफूल महासंघका राजु भट्टराईले उत्पादन वृद्धि गर्न सकिए मूल्य स्वतः नियन्त्रण हुने बताए ।

Tata
GBIME