काठमाडौं । दाल, चामल, चिउरा र तरकारीको मूल्यपछि कुखुराको मासुको मूल्य पनि महँगो भएको छ । दुई साताभित्रै मासुको मूल्य दुई पटक वढेको हो । साउन २ गतेदेखि किलोमा १५ रुपैयाँले वढेको कुखुराको मासुको मूल्य आज (मंगलबार) बाट फेरी १५ रुपैयाँ वढेको हो ।
व्यवसायीले काठमाडौं उपत्यका र काभ्रेमा मासुको मूल्य प्रति किलो २ सय ६५ रुपैयाँ बनाएका हुन् । मासु २ सय ३५ रुपैयाँ प्रति किलोबाट वढ्न थालेको हो ।
दानाको भाउ वढेपछि मासुको पनि वढाउनु परेको कुखुराको मासु व्यवसायीहरु बताउँछन् । ग्राहकले जिउँदो कुखुरा भने किलोको १ सय ८५ रुपैयाँले पाउने छन् । वर्षको १२ महिनामध्ये साउनमा सवैभन्दा थोरै मासु खपत हुन्छ । चाडवाड लागेपछि मासुको मूल्य थप महँगिने छ ।