विशाल सिमेन्टको उत्पादन सुरु, वातावरण जोगाउन १५ प्रतिशत लगानी

बिजमाण्डू
२०६९ साउन १४ गते ००:०० | Jul 29, 2012

काठमाडौं । विशाल सिमेन्ट उद्योगले आफ्नो उत्पादन सुरु गरेको छ । तीन साताको परिक्षणपछि उद्योगले व्यवसायिक उत्पादन थालेको हो । रुपन्देहीको मैनहियामा रहेको उद्योगले ‘विशाल’ व्रान्डको सिमेन्ट उत्पादन गरेको हो ।
उद्योगले अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपिसी) र प्रोटल्यान्ड पोजोनेला (पिपिसी) सिमेन्ट बजारमा ल्याएको हो । उद्योगले दैनिक चार सय टन सिमेन्ट उत्पादन गर्ने  लक्ष्य राखेको छ । उद्योगसँग दैनिक रुपमा ओपिसी ३ सय टन र पिपिसी चार सय टन सिमेन्ट उत्पादन गर्ने क्षमता छ ।
कम्पनीले तत्काललाई भने बजारको माग अनुसार, ७० प्रतिशत पिपिसी र वाँकी ३० प्रतिशत ओपिसी सिमेन्ट उत्पादन  थालेको छ । उद्योगले नयाँ प्रविधिको क्लोज सर्किट मिलबाट सिमेन्ट उत्पादन गरिरहेको छ । स्वचालित र अर्धस्वचालित दुवै प्रविधि उद्योगमा जडान गरिएको छ ।
उद्योगबाट निस्किने प्रदुषण नियन्त्रणका लागि आधुनिक प्रविधिको डस्ट कन्ट्रोलर र ६ वटा डस्ट व्याग कलेक्टर जडान गरिएको छ । तयारी सिमेन्ट, कच्चा पदार्थ, क्रसर मिल फिड गर्ने स्थान, सिमेन्ट ग्राइन्डिङ, प्याकिङ र भकारीबाट निस्कने धुलो नियन्त्रण गर्न प्रविधि जडान गरिएको हो । यसका लागि कुल खर्चको १५ प्रतिशत लगानी भएको उद्योगले जनाएको छ ।
उद्योगमा १ सय ५० ले रोजगारी पाएका छन् । उद्योगले नेपालमा उत्पादित क्लिङकरलाई कच्चा पदार्थका रुपमा प्रयोग गरेको  छ । जिप्सम, फ्लाइ एसलगायतका कच्चा पदार्थ भने भारत, पाकिस्तान र भुटानबाट आउँछन् । नयाँ उद्योग स्थापनासँगै भैरहवा–लुम्बिनी औद्योगिक करिडोरमा सिमेन्ट उद्योगको संख्या तीन दर्जन पुगेको छ ।

Tata
GBIME