काठमाडौं । सफलताको १२ वर्षको साठगाठँ मनाई राख्दा प्रभु मनी ट्रान्सफरले सामाजिक उत्तरदायित्व अन्र्तगत दार्चुलाका बाढिपिडीतलाई राहत उपलब्ध गराउन कोष स्थापना गरेको छ । प्रभु फाइनान्समा ‘प्रभु दार्चुला बाढिपिडीत राहत कोष’ को नाममा स्थापित ०१०–००३६५ सिए नम्वरका खातामा प्रभु मनी ट्रान्सफरले ५० हजार रुपैयाँ र प्रभु फाइनान्सले ५० हजार रुपैयाँ उपलब्ध गराएका छन् ।
प्रभुले आफ्ना भुक्तानी एजेण्ट तथा साझेदारहरुलाई समेत कोषमा आफुसक्दो रकम जम्मा गरी दार्चुलाका पिडीतलाई राहत उपलब्ध गराउन आह्वान गरेको छ । साथै प्रभु फाइनान्सको केन्द्रीय तथा शाखा कार्यालयहरुमा बाढिपिडीत राहत कोषको लागी आईतवारदेखी चन्दा बाकस राखिने र त्यसमार्फत् पनि रकम संकलन गर्न लागिएको जनाएको छ ।
संकलित रकमको दार्चुलाका बाढिपिडीत परिवारलाई हस्तान्तरण गरिने कम्पनीले जनाएको छ । बिगत १२ बर्षदेखि बिश्वका बिभिन्न मुलुकबाट नेपालीहरुले श्रम गरी कमाएको रकम नेपाल भित्राउँदै आएको प्रभु मनी ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत अग्नी तथा बाढी पिडितहरुको सेवामा समेत संलग्न रहँदै आएको छ ।
