
सिओल । सामसङले विण्डोज ८ र एण्ड्रोईड दुवै चल्ने ट्याबलेट बजारमा ल्याउने भएको छ । एटिभ क्यु नाम दिईएको यो ट्याबलेट १३.३ इञ्चको छ । यसैगरी यसमा भएको किबोर्डलाई स्ट्याण्डको रुपमा समेत प्रयोग गर्न सकिन्छ । ट्याबलेटमा स्टाईलस पेन पनि छ ।
ताईवानी कम्पनी असुसले दुबै ओएस चल्ने हाईब्रिड ट्याबलेट सार्वजनिक गरेको दुई सातापछि सामसङले यस्तो उपकरणको घोषणा गरेको हो । विष्लेशकहरुले असुस र सामसुङपछि धेरै कम्पनीले यस्ता उपकरण ल्याउने बताएका छन् । उनीहरुका अनुसार विण्डोजको पिसी सपोर्ट र एण्ड्रोईडको मोबाईल सर्पाेट हुने डिभाईसको बजारमा ठूलो माग हुने उनीहरुको अनुमान छ ।
एटिभ क्युमा इन्टेलको नयाँ हासवेल चिप प्रयोग गरिएको छ । सामसुङले यो ट्याबलेट नौ घण्टासम्म चल्न सक्ने बताएको छ । यसैगरी यसको डिस्प्ले पनि उच्च गुणस्तरको भएकाले घाम लागेको समयमा पनि बाहिर प्रयोग गर्न सकिने कम्पनीको भनाई छ ।
सामसुङले हाईब्रिड ट्याबलेटसँगै विण्डो ८ चल्ने ट्याबलेट पनि सार्वजनिक गरेको छ । कम्पनीले एटिभ ट्याब थ्रि नाम दिएको यो ट्याबलेट विण्डोज ८ चल्ने सबैभन्दा सानो ट्याबलेट भएको दावी छ । ट्याबलेटसँगै सामसुङले ग्यालेक्सी एनएक्स क्यामरा सार्वजनिक गरेको छ । एनएक्स एण्ड्रोई चल्ने उच्च गुणस्तरको क्यामरा भएको कम्पनीले जनाएको छ । फोरजी डाटा ट्रान्सफर सुविधा भएको यो क्यामरामा लेन्स परिवर्तन गर्न सकिने सुविधा छ ।