ग्लोबल आइएमईमा दुई संस्था गाभ्ने प्रस्ताव स्विकृती, पुँजी दुर्इ अर्ब ४२ करोड, शाखा ७२ पुग्ने

बिजमाण्डू
२०७० असार ४ गते ००:०० | Jun 18, 2013
ग्लोबल आइएमईमा दुई संस्था गाभ्ने प्रस्ताव स्विकृती, पुँजी दुर्इ अर्ब ४२ करोड, शाखा ७२ पुग्ने


काठमाडौं । ग्लोबल आइएमई बैंकले सोसियल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंक गाभ्ने प्रस्ताव पारित गरेको छ । बैंकको सोमबार भएको विशेष साधारणसभाले यो प्रस्ताव पारित गरेको हो । तीनवटै संस्थको मर्जरपछि देशकै सफल मर्जरको रुपमा स्थापित हुने बैंकको अपेक्षा छ । मर्जरपछि बैंकको चुक्तापुँजी २ अर्ब ४१ करोड ८१ लाख पुग्नेछ । बैंकको शाखा ७२ पुग्नेछ । यसअघि ग्लोबल, आईएमई र लर्डबुद्ध फाइनान्सियल इन्स्च्यिूट गाभिएर ग्लोबल आईएमई भएको थियो । यो मर्जर पनि सफलतापूर्वक सम्पन्न भएको र अहिलेसम्म भएको मर्जरमा सबैभन्दा राम्रो र सफल मर्जर बनेको बैंकको दावी छ ।

Tata
GBIME
NLIC