न्यूदिल्ली । भारतको वित्त मन्त्रालयले सुनको आयात वढ्न थालेपछि यसलाई नियन्त्रण गर्न कडा नियम ल्याउन तयारी गरेको छ । सुनको वढ्दो मागले देशको चालु खाता (करेन्ट एकाउन्ट) घाटामा जान थालेपछि नियन्त्रण गर्न लागिएको हो । वित्त मन्त्री पि. चिताम्बरमले प्रत्येक महिना २६२ टन सुनको आयात गर्न नसकिने बताएका छन् । उनले भने– सुन आयात निर्यात नीतिमा गम्भिर समिक्षा आवश्यक छ, सँधै २६२ टन आयात गर्न सकिन्न ।
वित्त मन्त्रालयले सुन आयात कटौती गर्न गम्भिर भएर लागेको अधिकारीहरुले पुष्टी गरेका छन् । वाणिज्य मन्त्रालयसँग मिलेर वित्त मन्त्रालयले नीति परिवर्तन गर्न लागेको हो । वित्त मन्त्रालयका सचिवले सुन आयात घटाउनका लागि बैंकहरुलाई सुनको सिक्का विक्रीमा रोक लगाउन सकिने जानकारी गराएका छन् । साथै एजेन्सीहरुद्वारा आयत गरिने सुनमा पनि रोक लगाउन सकिने सचिवले जानकारी दिए । केहीअघि बैंकहरुलाई सुन आयात गर्न रोक लगाइ सकिएको छ । अहिले सरकारलाई आयात कर वढाउन कठिन भएकाले विकल्पहरुमा गम्भिर छलफल हुन थालेको हो ।
भारतमा वैधानिक रुपमा आयात हुने सुनको कोट घटाइने भएपछि तस्करी वढ्ने छ । अहिले पनि भारतको बजारमा चिनबाट नेपाल हुँदै अवैध सुन जाने गरेको छ । कोटा कटौतीपछि चिनबाट नेपाल हुँदै भारतमा सुन तस्करी अझ वढ्ने छ ।