BIZMANDU
www.bizmandu.com

भारतको चालु खाता घाटामा जान थालेपछि सुन आयातमा कटौति गरिँदै, नेपाल हुँदै चीनको सुन तस्करी वढ्ने

२०७० जेठ २१

भारतको चालु खाता घाटामा जान थालेपछि सुन आयातमा कटौति गरिँदै, नेपाल हुँदै चीनको सुन तस्करी वढ्ने
भारतको चालु खाता घाटामा जान थालेपछि सुन आयातमा कटौति गरिँदै, नेपाल हुँदै चीनको सुन तस्करी वढ्ने


न्यूदिल्ली । भारतको वित्त मन्त्रालयले सुनको आयात वढ्न थालेपछि यसलाई नियन्त्रण गर्न कडा नियम ल्याउन तयारी गरेको छ । सुनको वढ्दो मागले देशको चालु खाता (करेन्ट एकाउन्ट) घाटामा जान थालेपछि नियन्त्रण गर्न लागिएको हो । वित्त मन्त्री पि. चिताम्बरमले प्रत्येक महिना २६२ टन सुनको आयात गर्न नसकिने बताएका छन् । उनले भने– सुन आयात निर्यात नीतिमा गम्भिर समिक्षा आवश्यक छ, सँधै  २६२ टन आयात गर्न सकिन्न ।
वित्त मन्त्रालयले सुन आयात कटौती गर्न गम्भिर भएर लागेको अधिकारीहरुले पुष्टी गरेका छन् । वाणिज्य मन्त्रालयसँग मिलेर वित्त मन्त्रालयले नीति परिवर्तन गर्न लागेको हो । वित्त मन्त्रालयका सचिवले सुन आयात घटाउनका लागि बैंकहरुलाई सुनको सिक्का विक्रीमा रोक लगाउन सकिने जानकारी गराएका छन् । साथै एजेन्सीहरुद्वारा आयत गरिने सुनमा पनि रोक लगाउन सकिने सचिवले जानकारी दिए । केहीअघि बैंकहरुलाई सुन आयात गर्न रोक लगाइ सकिएको छ । अहिले सरकारलाई आयात कर वढाउन कठिन भएकाले विकल्पहरुमा गम्भिर छलफल हुन थालेको हो ।
भारतमा वैधानिक रुपमा आयात हुने सुनको कोट घटाइने भएपछि तस्करी वढ्ने छ । अहिले पनि भारतको बजारमा चिनबाट नेपाल हुँदै अवैध सुन जाने गरेको छ । कोटा कटौतीपछि चिनबाट नेपाल हुँदै भारतमा सुन तस्करी अझ वढ्ने छ ।

Tata
GBIME
NLIC