काठमाडौं । दाङको नमस्ते वित्तीय संस्थाले एक करोड रुपैयाँ बराबरको साधारण सेयर निस्कासन गर्ने भएको छ । नमस्तेले जेठ २४ गतेबाटै सेयर निस्कासन गर्ने छ । जेठ १९ गते मेगा बैंकको सेयर आउँदै छ । जेठ २९ गते गौमूखि विकास बैंकले सेयर निस्कासन गर्ने जनाइसकेको छ ।
नमस्तेले एक सय रुपैयाँ अंकित दरका एक लाख कित्ता सेयर निस्कासन गर्न लागेको हो । नमस्तेले एक लाख कित्तामध्ये २ हजार कित्ता आफ्ना कर्मचारी र ५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । सर्वसाधारणले ९३ हजार कित्ता सेयरका लागि आवेदन भर्न पाउने छन् ।
अहिले बैंकको पुँजी १ करोड ५० लाख रुपैयाँ छ । एक करोड रुपैयाँ थपिएपछि पुँजी २ करोड ५० लाख रुपैयाँ पुग्ने छ । कम्पनीको प्रति सेयर नेटवर्थ १६२ रुपैयाँ छ । बैंकको प्रति सेयर आम्दानी २१.५३ रुपैयाँ छ ।