ज्योति विकास बैंक ११ करोड नाफामा, एनआइडीसीको विराटनगरमा एटिएम

बिजमाण्डू
२०६९ साउन १० गते ००:०० | Jul 25, 2012

काठमाडौ । ज्योति विकास बैकले गत आर्थिक वर्षमा १० करोड ८९ लाख नाफा कमाएको छ । बैकले सो अवधिमा ३ अर्ब ५५ करोड ६६ लाख निक्षेप संकलन गरी ३ अर्ब ३ करोड ७२ लाख ऋण लगानी गरेको छ । बैक मंगलबारदेखि चारवर्ष पूरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैकको असन शाखाले सुनचाँदी धितो कर्जा दिन थालेको छ । यसैगरी एनआइडिसी डेभलपमेन्ट बैंकले विराटनगरको रानीस्थित पूर्व क्षेत्रीय प्रहरी कार्यालयमा एटीएम सेवा सुरु गरेको छ । एटीएमको बैंक सञ्चालक समिति अध्यक्ष शान्तबहादुर श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत शिवजी राय यादवले मंगलबार संयुक्त रुपमा उद्घाटन गरे ।

Tata
GBIME
Nepal Life