किंगफिशरलाई दिएको ऋणमध्ये दश अर्ब भारु बैंकहरुले उठाए, अझै ६० अर्ब उठाउन बाँकी

बिजमाण्डू
२०७० बैशाख २४ गते ००:०० | May 7, 2013
किंगफिशरलाई दिएको ऋणमध्ये दश अर्ब भारु बैंकहरुले उठाए, अझै ६० अर्ब उठाउन बाँकी


मुम्बई । किंगफिशर एयरलाइन्सलाई ऋण दिएका बैंकहरुको समूहले कम्पनीको सम्पत्ती विक्री गरेर दश अर्ब भारु असुल गरेका छन् । यो ऋण असुलीले बैंकहरुलाई ठूलो राहात पुगेको छ । कन्र्सोटिएम लिड गरेको एसबीआई बैंकका अध्यक्ष प्रतिप चौधरीले बैंकले दश अर्ब भारु ऋण उठाएको बताए । उनले किंगफिशरसँग बाँकी ऋण पनि यसै गरी उठाइने बताए ।
किंगफिशरको आफ्नो सम्पत्ती, सेयरहोल्डिङ्ग र रियलस्टेट र प्रवद्र्धकको निजी सम्पत्ती माथि सम्पत्ती बैंकको नजर रहेको समेत उनले जानकारी दिए । एयरलाइन्सलाई १७ बैंकले ७० अर्ब भारु ऋण दिएका थिए । यसमा सबैभन्दा बढी एसबीआई बैंकले १६ अर्ब भारु ऋण दिएको छ । नगद अभाव झेलिरहेको किंगफिशर एयरलाइन्स लामो सयमदेखि बन्द, एयरलाइन्स पुन सञ्चालनका लागि प्रवद्र्धक विजय माल्याले गरेको सबै प्रयास अहिलेसम्म विफल भएका छन् ।

Tata
GBIME