काठमाडौं । औद्योगिक घराना चौधरी ग्रुप आयुर्वेदिक औषधी उत्पादनतर्फ लागेको छ । यो समूह अन्तर्गतको सीजी आयुर्वेदले दीर्घायु ब्रान्डका आयुर्वेदिक उत्पादन बजारमा ल्याएको छ । चौधरीका आयुर्वेदिक औषधीले बहुराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
कम्पनीले ल्याएका केही उत्पादन बहुराष्ट्रिय कम्पनी डाबर नेपालले उत्पादन गर्दै आएको छ । नवलपरासीमा रहेको चौधरीग्राममा यी आयुर्वेदिक औषधी उत्पादन भएको हो । विगतमा विभिन्न जडीवुटी संकलन गरेर भारत निकासी गर्ने यो समूहले यही उद्योग राखेर उत्पादन थालेको हो । आयुर्वेद युनिटको बिनोद चौधरीको कान्छा छोरा बरुण चौधरीले हेर्छन् । चौधरीले उपभोक्तालाई ध्यान दिएर गुणस्तरीय उत्पादन बजारमा ल्याएको बताए । कम्पनीले विभिन्न रोगका औषधी आयुर्वेदिक औषधी बजारमा ल्याएको छ ।
समूहले जडीबुटी खेती समेत सुरु गरिसकेको छ । आयुर्वेदिक औषधी उत्पादनको लागि आवश्यक पर्ने जडीबुटी उत्पादनको लागि खेती सुरु गरेको हो । नवलपरासी नजिकै जग्गा लिएर खेती सुरु गरेको हो । कम्पनीले आयुर्वेदिक औषधी उत्पादन अघि बजार सर्वेक्षण समेत गरेको थियो । बजार सर्वेक्षणका आधारमा यसलाई अघि बढाइएको कम्पनी स्रोतले जानकारी दिएको छ । कम्पनीले अश्वगन्धा, अविपत्तिकर, सितोपलादी, हिङ्वाष्टक, शिलाजित र च्यवनप्रास छन् । कम्पनीले मधुमेहका विरामीका लागि ग्लुकोमिन, तनाव हटाउन स्ट्रेनेक्स, छालाको लागि डर्मोनिल, कब्जियतका लागि आयुल्याक्स, यार्सागुम्बायुक्त अश्वजित, अपच र ग्यासटिकका विरामीका लागि ग्यास्ट्रिगन लगायतका आयुर्वेदिक औषधी बजारमा ल्याएको छ । कम्पनीले ल्याएको दीर्घायु च्यवनप्रासको प्रतिस्पर्धा डाबरको च्यवनप्राससँग हुनेछ । कम्पनीले आफ्ना उत्पादन गुणस्तरीय रहेको र यसको ब्रान्डिङसमेत उच्चस्तरको रहेको दावी गरेको छ ।