BIZMANDU
www.bizmandu.com

चौधरी समूह आयुर्वेदिक औषधी उत्पादनमा, बहुराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा, जडीबुटी खेती गर्दै

२०७० बैशाख २३

चौधरी समूह आयुर्वेदिक औषधी उत्पादनमा, बहुराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा, जडीबुटी खेती गर्दै
चौधरी समूह आयुर्वेदिक औषधी उत्पादनमा, बहुराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा, जडीबुटी खेती गर्दै


काठमाडौं । औद्योगिक घराना चौधरी ग्रुप आयुर्वेदिक औषधी उत्पादनतर्फ लागेको छ । यो समूह अन्तर्गतको सीजी आयुर्वेदले दीर्घायु ब्रान्डका आयुर्वेदिक उत्पादन बजारमा ल्याएको छ । चौधरीका आयुर्वेदिक औषधीले बहुराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

कम्पनीले ल्याएका केही उत्पादन बहुराष्ट्रिय कम्पनी डाबर नेपालले उत्पादन गर्दै आएको छ । नवलपरासीमा रहेको चौधरीग्राममा यी आयुर्वेदिक औषधी उत्पादन भएको हो । विगतमा विभिन्न जडीवुटी संकलन गरेर भारत निकासी गर्ने यो समूहले यही उद्योग राखेर उत्पादन थालेको हो । आयुर्वेद युनिटको बिनोद चौधरीको कान्छा छोरा बरुण चौधरीले हेर्छन् । चौधरीले उपभोक्तालाई ध्यान दिएर गुणस्तरीय उत्पादन बजारमा ल्याएको बताए । कम्पनीले विभिन्न रोगका औषधी आयुर्वेदिक औषधी बजारमा ल्याएको छ ।
 समूहले जडीबुटी खेती समेत सुरु गरिसकेको छ । आयुर्वेदिक औषधी उत्पादनको लागि आवश्यक पर्ने जडीबुटी उत्पादनको लागि खेती सुरु गरेको हो । नवलपरासी नजिकै जग्गा लिएर खेती सुरु गरेको हो । कम्पनीले आयुर्वेदिक औषधी उत्पादन अघि बजार सर्वेक्षण समेत गरेको थियो । बजार सर्वेक्षणका आधारमा यसलाई अघि बढाइएको कम्पनी स्रोतले जानकारी दिएको छ ।  कम्पनीले अश्वगन्धा, अविपत्तिकर, सितोपलादी, हिङ्वाष्टक, शिलाजित र च्यवनप्रास छन् । कम्पनीले मधुमेहका विरामीका लागि ग्लुकोमिन, तनाव हटाउन स्ट्रेनेक्स, छालाको लागि डर्मोनिल, कब्जियतका लागि आयुल्याक्स, यार्सागुम्बायुक्त अश्वजित, अपच र ग्यासटिकका विरामीका लागि ग्यास्ट्रिगन लगायतका आयुर्वेदिक औषधी बजारमा ल्याएको छ । कम्पनीले ल्याएको दीर्घायु च्यवनप्रासको प्रतिस्पर्धा डाबरको च्यवनप्राससँग हुनेछ । कम्पनीले आफ्ना उत्पादन गुणस्तरीय रहेको र यसको ब्रान्डिङसमेत उच्चस्तरको रहेको दावी गरेको छ ।

Tata
GBIME
NLIC