माथिल्लो सेतीलाई एडिबीबाट १३ अर्ब ऋण, समझदारी पत्रमा हस्ताक्षर, अर्को वर्षबाट निर्माण



बिजमाण्डू
२०७० बैशाख १० गते ००:०० | Apr 23, 2013

काठमाडौँ । माथिल्लो सेती जलविद्युत आयोजनाका लागि एशियाली विकास बैंकले १५ करोड डलर ऋण दिएको छ । १४० मेगावाटको माथिल्लो सेतीको प्रवद्र्धक कम्पनी तनहुँ जलविद्युत आयोजनाका लागि एडिबिले ऋण दिएको हो । ऋण सम्झौतामा सोमवार अर्थसचिव शान्तराज सुवेदी र बैंकका तर्फबाट देशीय निर्देशक केनिची योकोहामाले हस्ताक्षर गरे । जलाशययुक्त यो आयोजनाआगामी वर्षबाट निर्माण सुरु हुने भएको छ ।  परियोजनालाई सन् २०२० सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ४२ अर्ब रुपैयाँ निर्माण लागत रहेको यो परियोजनालाई जापानी सहयोग नियोग जाइकाबाट १६ अर्ब, एसियाली विकास बैंकबाट १३ अर्ब, यूरोपियन इन्भेस्टमेन्ट बैंकबाट छ अर्ब र अवुधावी फन्डबाट दुई अर्ब जुट्नेछ । परियोजनामा अपूग हुने झण्डै पाँच अर्ब रुपैयाँ सरकारले व्यहोर्ने छ । आयोजनाका लागि जाइकाले एक प्रतिशत व्याजमा सहुलियतपूर्ण ऋण दिन लागेको हो भने एडिबीले आयोजना निर्माण अवधीभरलाई एक प्रतिशत र विद्युत् उत्पादन सुरु भएपछि १.५ प्रतिशत व्याजमा ऋण दिने सहमति भएको छ ।
आयोजना प्रमुख महेश आचार्यले आयोजनालाई जलाशययुक्त बनाउन लागिएको बताए । उनले यसबाट वार्षिक ८५ करोड ७७ लाख युनिट विद्युत उत्पादन हुने जानकारि पनि दिए । आयोजनाबाट उत्पादन हुने विद्युत दमौलीस्थित विद्युतगृहदेखि ४० किलोमिटर प्रसारण लाइनमार्फत भरतपुर सबस्टेसनमा जोडिने छ ।

Tata
GBIME
Zonsen