

बैंकले गत वर्षको नाफाबाट मात्र सेयरधनीलाई ५ प्रतिशत वोनस सेयर र २१.३२ प्रतिशत नगद लाभांस दिएको थियो । ३६५ दिने बैंकिङ सुविधासहित बिओकेले अन्तर शाखा कारोबार, एटिएम, कार्ड, अन्तर्राष्ट्रिय व्यापार, लकर, लघुकर्जा, एमपैसा, रेमिट्यान्सलगायतका सेवा दिँदै आएको छ ।
बिओकेले पुस मसान्तसम्म ३० करोड २६ लाख नाफा गरिसकेको छ । भर्खरै मात्र बैंकले ५० करोड रुपैयाँको ऋणपत्र निस्कासनको स्विकृति पाएको छ । लगानी विस्तारका लागि बैंकले ऋणपत्र जारि गरेको हो ।