आइएमएफले भन्यो अरु पाँच वर्ष नेपालको केही हुँदैन, यो वर्ष जिडिपी ३% मै सीमित हुने, २०१८ मा ४.१ %

बिजमाण्डू
२०७० बैशाख ४ गते ००:०० | Apr 17, 2013
आइएमएफले भन्यो अरु पाँच वर्ष नेपालको केही हुँदैन, यो वर्ष जिडिपी ३% मै सीमित हुने, २०१८ मा ४.१ %


काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सन् २०१३ मा नेपालको आर्थिक वृद्धि दर (जिडिपी) ३ प्रतिशतमा सीमित हुने जनाएको छ । आइएमएफले पाँच वर्षसम्म नेपालको आर्थिक विकास खासै नहुने जनाएको छ ।
यो वर्षको भन्दा सन् २०१४ मा नेपालको आर्थिक वृद्धि दर सामान्य वढेपनि आगामी पाँच वर्षसम्म विकासले गति नलिने उल्लेख गरेको छ । आइमएफले २०१४ मा वृद्धि ४ प्रतिशत पुग्ने उल्लेख गरेको छ । सने २०१८ मा यो वढेर ४.१ प्रतिशत पुग्ने छ ।
एक साताअघि एसियाली विकास बैंकले सार्वजनिक गरेको सर्वेक्षणमा आर्थिक वृद्धि दर साढे तीन प्रतिशत हुने उल्लेख थियो । सन् २०१२ मा आर्थिक वृद्धि दर ४.६ प्रतिशत थियो । केन्द्रिय तथ्यांक विभागले एक साताअघि आर्थिक वृद्धि दर ३.५६ प्रतिशत रहने अनुमान गरेको थियो ।
आइएमएफले मंगलबार साँझ वल्र्ड इकोनोमिक सर्वे सार्वजनिक गर्दै नेपालमा चालु वर्ष मूल्य वृद्धि ९.६ प्रतिशत  रहने प्रक्षेपण गरेको छ । जबकी एसियाको मूल्य वृद्धि ५ प्रतिशत हुने छ । एसियाली विकास बैंकले मूल्य वृद्धि १०.५ प्रतिशत रहने प्रक्षेपण गरेको थियो । राष्ट्र बैंकले मूल्य वृद्धि साढे नौं प्रतिशत हुने सार्वजनिक गरेको थियो ।

Tata
GBIME