मेगा बैंक तेस्रो वर्षमा प्रवेश, ७३ हजार ग्राहक, २८ शाखा, नौ अर्ब निक्षेप

बिजमाण्डू
२०६९ साउन ७ गते ००:०० | Jul 22, 2012
मेगा बैंक तेस्रो वर्षमा प्रवेश, ७३ हजार ग्राहक, २८ शाखा, नौ अर्ब निक्षेप


काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड तेस्रो बर्षमा प्रवेश गरेको छ । बैंकले २०६७ साउन ७ गतेबाट बैंकिङ कारोबार प्रारम्भ गरेको थियो । यो अवधिमा बैंकले पूर्वदेखि पश्चिम नेपालसम्म २८ वटा शाखा विस्तार गरिसकेको छ भने अत्याधुनिक शाखारहित बैंकिङ सेवा पनि विस्तार गरिरहेको छ ।
बैंकका अध्यक्ष प्रा.डा. मदन दाहालले आगामी तीन बर्षभित्र मेगा बैंक ५० वटा शाखा विस्तार गर्ने बताए । उनले दक्षिण एसिया वा अन्य मुलुकको संयुक्त लगानीमा बैंकलाई प्रबद्र्धन गर्ने लक्ष्य रहेको जानकारी पनि दिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले स्थापनाको दुई बर्षमै ७३ हजार ग्राहक बनाएको दावी गरे, उनका अनुसार गत आर्थिक बर्षमा मात्रै ४३ हजार ग्राहक थपिएका छन् । बैंकको गत आर्थिक बर्षमा निक्षेप संकलनमा करिब चार अर्ब बृद्धि भई नौ अर्ब २० करोड रुपैयाँ पुगेको छ । कर्जा प्रवाहमा पनि तीन अर्ब २० करोड बृद्धि भई आठ अर्ब पुगेको छ ।
निक्षेप तथा कर्जा सुरक्षण निगमसग सम्झौता गरी सर्वसाधारणको बचत तथा मुद्दति निक्षेपको सुरक्षण गर्ने मेगा पहिलो बाणिज्य बैंक भएको जानकारी प्रेस विज्ञप्तिमा दिइउको छ । त्यसैगरी  दुई वर्षको अवधिमा देशका पा“च सय स्थानबाट मेगाको रेमिट्यान्स सेवा लिने व्यवस्था मिलाइएको छ ।
बैंकमा शुभारम्भ बचत खाता, नारी स्पेशल बचत खाता, लोकप्रिय बचत खाता, मेगा स्वाभिमान बचत खाता, मेगा योङ स्टार बचत खाता, मेगा कर्मचारी बचत खाता, मेगा युथ– माई बैंक एट क्याम्पस अकाउन्ट र मेगा डलर अकाउन्ट जस्ता सुविधा छन् ।

Tata
GBIME