राजधानीको भृकुटीमण्डपमा आईसिटी मेला, ८७ स्टल, १५ प्रतिशतसम्म छुट (तस्वीर समाचार)

बिजमाण्डू
२०६९ चैत्र २९ गते ००:०० | Apr 11, 2013
राजधानीको भृकुटीमण्डपमा आईसिटी मेला, ८७ स्टल, १५ प्रतिशतसम्म छुट (तस्वीर समाचार)

सूचना प्रविधि(आइसिटी)संघ नेपालको आयोजनामा राजधानीको भृकुटीमण्डपमा छैटौं सूचनाप्रविधि मेला सुरु भएको छ । मेलामा ८७ वटा स्टल छन् भने ७० भन्दा बढी कम्पनीका उत्पादन प्रदर्शनमा राखिएको छ ।

Tata
GBIME

मेलामा ल्यापटप, सर्भर, साउन्ड सिस्टम, नेटर्वक सिस्टम, सेक्युरेटी सिस्टम, प्रिन्टर, होम एप्लाइन्सेज, पावर सोलुसन्स, मोबाइल, मोनिटर, प्रोजेक्टर, इन्टरनेट सेवा, र्हाडवेयर, सफ्टवेयरलगायतका कम्पनीका स्टल छन्  ।

मेलामा ग्राहकलाई विभिन्न उत्पादनमा पाँचदेखि १५ प्रतिशतसम्म छुट दिइएको मेला संयोजक सिएन उपाध्यायले जानकारि दिए, संघका अध्यक्ष शिशिर उपाध्यायले नयाँ प्रविधिको जानकारी लिन मेला प्रभावकारी हुने बताए ।

मेलाका आयोजकले तीन लाखले मेलाको अवलोकन गर्ने अपेक्षा गरेका छन् । मेलामा र्सवसाधारणका लागि ५० रुपैयाँ र विद्यार्थीका लागि २५ रुपैयाँ शुल्क तोकिएको छ । एसएलसी दिएका विद्यार्थीले प्रवेशपत्र देखाए निःशुल्क प्रवेश पाउने व्यवस्था गरिएको छ ।