माओवादी अध्यक्ष प्रचण्डले भने, ‘सार्वजनिक –निजी साझेदारीले देशमा परिवर्तन गर्न सकिएन’

बिजमाण्डू
२०६९ चैत्र २८ गते ००:०० | Apr 10, 2013
माओवादी अध्यक्ष प्रचण्डले भने, ‘सार्वजनिक –निजी साझेदारीले देशमा परिवर्तन गर्न सकिएन’


काठमाडौँ । एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले आफ्नो पार्टी शान्तिप्रक्रियामा आएपछि सार्वजनिक –निजी साझेदारीलाई प्राथमिकता दिएपनि आर्थिक परिवर्तन गर्न नसकेको बताएका छन् । ‘हाम्रो पार्टी शान्ति प्रक्रियामा आएपछि निजी क्षेत्रको विकास विना आर्थिक विकास सम्भव हुन्न भनेर सार्वजनिक– निजी साझेदारीको अवधारणालाई अघि बढाएका थियौ,’ नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभालाई संबोधन गर्दै बुधवार उनले भने, ‘आफु प्रधानमन्त्री हुँदा र हाम्रो पार्टीको उपाध्यक्ष हुँदा यही मोडललाई अगाडी बढाएका थियौ तर यो अवधारणा त्यतिसफल हुन सकेन ।’ उनले राजनीतिक संक्रमणले दलले अंगालेको अवधारणा सफल हुन नसकेको बताए । उनले राजनीतिक स्थिरताका लागि निर्वाचन अपरिहार्य भएको बताउँदै राजनीतिक स्थिरताको लागि निर्वाचनमा जान जनता गुहारेको बताए ।
‘जनताको आर्थिक समृद्धिको चाहना पूरा गर्न संविधानसभाको निर्वाचनमा जान लागेका हौ,’ उनले भने, ‘निर्वाचनपछि हामी जनताको चाहना पूरा गर्नेछौ ।’ नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले राजनीतिक क्रान्तिपछि आर्थिक क्रान्तिको जग हाल्न नसकिएको बताए । ‘हामीले २००७ सालदेखि २०६३ सालसम्म राजनीतिक क्रान्ति ग¥र्यो तर आर्थिक क्रान्तिको जग हाल्न सकेनौ,’ उनले भने, ‘यसले छिमेकी मुलुकका अगाडी हामी पछि पर्यो ।’
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले मुलुकको आर्थिक विकासका साथै उद्योग व्यवसाय क्षेत्रको प्रवद्र्धनका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताए ।

Tata
GBIME


मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले पर्यटन कृषि र जलविद्युतको विकासबाट मुलुकको विकास हुनसक्ने धारणा राखे । मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले कृषि क्षेत्रको व्यवसायिकरण गर्न सकेमा मुलुक अल्पविकसित मुलुकबाट विकसित मुलुकको सूचीमा जाने दावी गरे ।