काठमाडौं । आइतवार स्टक बजारमा देखिएको चमक सोमवारसम्म रहन सकेन्, सोमवार बैंकिङ्ग सूचकमा हरियो बत्ती बले पनि अन्य समूहको सूचक तल झरेपछि नेप्से १.१२ अंकको सामान्य गिरावटसहित बन्द भयो । आइतवार प्रतिकित्ता १६० रुपैयाँ बढेको नेपाल लाइफ इन्सुरेन्स कम्पनीको सेयरमूल्य सोमवार पनि थप १०४ रुपैयाँले बढ्दै प्रतिकित्ता २२१४ रुपैयाँको एतिहाँसिक उचाईमा पुग्यो । कम्पनीका सोमवार ४४ करोवारबाट तीन हजार ८८४ कित्ता सेयर ८५ लाख २१ हजार रुपैयाँमा कारोवार भयो । कम्पनीले सोमवार मात्रै वैशाख २० गते साधरणसा प्रस्ताव गर्दै सूचना निकालेको थियो ।
बुटवल पावरको सेयर १० रुपैयाँले बढेर ७६० मा, छिमेक लघुवित्त विकास बैंकको १५ रुपैयाँले बढेर ३७५ मा कारोवार भयो । सेयर सूचिकृत भएको लामो समयपछि सोमवार खाँदवारी विकास बैंकले स्टकमा १५० रुपैयाँमा ओपनिङ्ग भयो । स्टकमा कम्पनीका पाँच लाख कित्ता सेयर सूचिकृत छन् । कम्पनीको पहिलो कारोवार साढे चार सय कित्ता सेयर ६७ हजार पाँच सयमा विक्री भयो । लाइफ इन्सुरेन्स कम्पनीको सेयर पनि २५ रुपैयाँ माथि चढेर १०२५ मा कारोवार भयो । नविल बैंकको सेयर १० रुपैयाँ बढेर १८०० मा, नविल बैंक प्रवद्र्धक सेयर ३५ रुपैयाँ बढेर ११४० मा कारोवार भयो ।
नेशनल लाइफको ४० रुपैयाँ घटेर ५२५ मा, नेपाल दूरसञ्चार कम्पनीको १० रुपैयाँ घटेर ५७० मा कारोवार भयो । टेलिकमको सेयर घटेका कारण अन्य समूहको सूचक पनि झण्डै दश अंकले तल झर्यो । कम्पनीको एक रुपैयाँ सेयर मूल्य घट्दा नेप्से सूचक ०.१५ अंकले तल झर्छ । सेवा विकास बैंकको १० रुपैयाँ बढेर ११८ मा, सगरमाथा इन्सुरेन्सको १६ रुपैयाँ घटेर १००३ मा कारोवार भयो ।
