विवाद, झडप र तनावपछि एकीकृत माओवादीमा उत्साह, माघमा महाधिवेशन



बिजमाण्डू
२०६९ साउन ७ गते ००:०० | Jul 22, 2012
विवाद, झडप र तनावपछि एकीकृत माओवादीमा उत्साह, माघमा महाधिवेशन

काठमाडौं । तनाव, विवाद र झडपपछि एकीकृत माओवादीको विस्तारित बैठक माघमा महाधिवेशन गर्ने निर्णयसँगै सकिएको छ । माघमा महाधिवेशन गर्ने निर्णयले कार्यकर्तामा उत्साह थपिएको छ । विस्तारित बैठकमा महाधिवेशनका लागि स्थायी समिति, पोलिटव्युरो, केन्द्रीय, राज्य र जिल्ला समिति भंग गरिएको घोषणा गरिएको छ । महाधिवेशनका लागि माओवादीले केन्द्रीय समितिलाई रुपान्त्रण गरेर महाधिवेशन आयोजक समिति बनाएको छ भने अध्यक्ष, दुई उपाध्यक्ष र सचिव रहने केन्द्रीय कार्यालय बनाउने निर्णय गरिएको छ ।
यसैगरी माओवादी विस्तारित बैठकले सबै राज्य समितिका इन्चार्ज, सह इन्चार्ज र सक्रेटरीहरुको पनि सरुवा र्गे निणय गरेको छ । बैठकमा चर्को आलोचना भएपछि अजय सुमार्गीकी जेठी दिदि सासु शिशु अर्यालका नाममा खरिद गरिएको र प्रचण्ड बस्दै आएको लाजिम्पाटस्थित घर अध्यक्षले छाड्ने भएका छन् । सरकारले पूर्वप्रधानमन्त्रीका लागि दिएको आवास सुविधा पाएपछि प्रचण्डले घर छाड्ने बताइएको छ ।
यसैगरी अध्यक्ष प्रचण्डले सरकारले दिएको प्राडो गाडी पनि छाड्ने घोषणा विस्तारित बैठकमा गरेका छन्, उनले आफ्नो, उपाध्यक्ष र सचिवको नाममा रहेको व्याक्तिगत सम्पत्ति पार्टीका नाममा गर्ने घोषणा पनि गरेका छन् ।
पाँच दिनदेखि भृकुटीमण्डपमा जारी बैठकमा लडाकुहरुको समयोजनलाई सम्मानजनक बनाउने घोषणा प्रधानमन्त्री डा. बाबुराम भट्टराइले गरेका थिए । उनले लडाकु समायोजन सम्मानजनक हुन नसके सबै लडाकुलाई स्वेच्छिक अवकाशमा पठाइने बताए । त्यसैगरी प्रधानमन्त्री डा. भट्टराइले थापाथलीका असली सुकुम्वासीलाई पुर्नस्थापना गर्न लागिएको जानकारी पनि दिएका थिए । उनले प्रचण्डलाई नेताका नेताका रुपमा व्याख्या गरेका थिए ।

Tata
GBIME
Zonsen