सिभिकको ११ करोड रुपैयाँ निक्षेप, ११ लाख नाफा

बिजमाण्डू
२०६९ साउन ६ गते ००:०० | Jul 21, 2012

काठमाडौ । धादिङमा रहेको सिभिक डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा ११ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले असार मसान्तसम्म १४ करोड २३ लाख ५७ हजार ४ सय २६ रुपैयाँ निक्षेप संकलन गरी ११ करोड ६६ लाख ५९ हजार ३ सय ५५ रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको ४ हजार २ सय ५८ जना ग्राहक निक्षेपतर्फ रहेको र ३ सय १४ जना ऋणी रहेका छन् । बैंकले छिट्टै सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ । बैंकले १ करोड २० लाख मूल्य बराबरको सेयर जारी गर्न लागेको हो । अहिले बैंकको अधिकृत पूँजी १० करोड,जारी पूँजी ४ करोड र चुक्ता पूँजी २ करोड ८० लाख रुपैयाँ छ ।

Tata
GBIME