वीरगन्जमा आजबाट इलेक्ट्रोनिक चेक क्लियरेन्स, १९ संस्थाले सेवा लिए, नेपालगन्जमा चाँडै

बिजमाण्डू
२०६९ चैत्र १५ गते ००:०० | Mar 28, 2013
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) ले आजबाट वीरगञ्जमा विद्युतीय (इलेक्ट्रोनिक) प्रणालीबाट चेक राफसाफ सुरु गरेको छ । कम्पनीले १९ बैंक तथा वित्तीय संस्थाको चेक राफसाफ सुरु गरेको हो  ।
वीरगञ्जमा ४१ बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट राफसाफ सेवा लिँदै आएका छन् । राष्ट्र बैंकले बिहीबारबाट वीरगन्जमा म्यानुअल राफसाफ बन्द गरेको छ । राष्ट्र बैंकको समेत लगानी रहेको एनसिएचलबाट चेक राफसाफ गर्न यसको सदस्यता लिनु पर्छ ।
पुसबाट काठमाडौं उपत्यकामा  विद्युतीय प्रणालीमार्फत राफसाफ सुरु गरेको एनसिएचएलले बिहीबारदेखि वीरगन्जमा पनि थालेको हो । कम्पनीले राष्ट्र बैंकको क्षेत्रीय कार्यालय रहेको अन्य ६ ठाउँबाट पनि यो सेवा सुरु गर्ने तयारी गरिरहेको छ । चाँडै नेपालगञ्जबाट सेवा सुरु गर्ने तयारीमा एनसिएचएल छ ।
विद्युतीय प्रणालीबाट एक दिनमै चेकका राफसाफ हुन्छ । म्यानुअल्ली गर्दा कम्तिमा तीन दिन लाग्छ । एनसिएचलको सदस्यता ३२ वाणिज्य बैंकसहित सय वटा बैंक तथा वित्तीय संस्थाले लिइसकेका छन् । वीरगज्मा १९ बैंकबाहेका संस्थाले पनि चाँडै एनसिएचएलबाट चेक राफसाफ गर्ने छन् ।
 

Tata
GBIME