साइप्रसलाई टाट उल्टनबाट जोगाउन दश अर्ब युरोको सहायता प्याकेज दिने युरोपेली संघको निर्णय



बिजमाण्डू
२०६९ चैत्र १२ गते ००:०० | Mar 25, 2013
साइप्रसलाई टाट उल्टनबाट जोगाउन दश अर्ब युरोको सहायता प्याकेज दिने युरोपेली संघको निर्णय

ब्रसेल्स । युरो क्षेत्रका देशहरुवीच साइप्रसलाई टाट उल्टनबाट बचाउन १० अर्ब युरो (१३ अर्ब डलर) प्याकेज दिने सहमति बनेको छ । युरो क्षेत्रका वित्तीयमन्त्रीको ब्रसेल्समा भएको आपतकालीन बैठकले बेलआउट प्याकेट दिने सहमति गरेको हो । बैठकमा साइप्रसको बैकिङ्ग क्षेत्रलाई साँघुरो बनाउने र सन् २०१८ सम्म साइप्रसको बैकिङ्ग क्षेत्रको अनुपात युरोको स्तरमा ल्याउने सहमति पनि सोमवार बनेको छ ।

वित्तीय रूपमा टाट उल्टन लागेको साइप्रसमा अहिले दैनिक लाखौं मानिस यसैगरी बैंकको एटिएम अघि रकम झिक्न लाइन लाग्ने गरेका छन्

Tata
GBIME
Zonsen

युरो अर्थमन्त्रीहरुवीच साइप्रसको दोस्रो ठूलो बैंक लाइकीलाई विस्तारै बन्द गर्ने विषयमा समेत सहमति जुटेको छ । युरोपेली संघको बैठकमा साइप्रसको बैकिङ्ग क्षेत्र पुर्नगठन गर्ने विषयमा पहिल्यैदेखि बहस हुँदै आएको थियो । साइप्रसको अर्थव्यवस्थाको तुलनामा बैकिङ्ग क्षेत्रको अनुपात निक्कै ठूलो थियो ।
साइप्रस कालोधनलाई सेतो धन बनाउने केन्द्रका रुपमा विकासित हुँदै गएकोमा समेत युरोपले चिन्ता जनाउँदै आएको छ । साइप्रसी संसदले बैकिङ्ग क्षेत्रलाई पुँजीगत सहायता दिन बैंकको निक्षेपमा कर लगाउने प्रस्तावलाई गत मंगलवार खारेज गरेको थियो । संसदमा २० हजारदेखि एक लाख युरोसम्म एकपटक ६.७५ प्रतिशत र त्यसभन्दा माथि ९.९ प्रतिशत कर लगाउने योजना बनाइएको थियो, यसबाट सरकारले ५.८ अर्ब युरो, ७.९ अर्ब डलर जुटाउने लक्ष्य राखेको थियो । युरो समूहका अध्यक्षले लाइकी बैंकलाई बन्द गर्ने निर्णय महत्वपूर्ण निर्णय भएको बताए ।