
पहिलो इलेक्ट्रिक कार उत्पादन गरेको ९ वर्षपछि भारतीय कम्पनी महिन्द्राले रेभाको दोश्रो पुस्ताको कार लञ्च गरेको छ । महिन्द्रा इ टु ओ नाम दिइएको सो ह्याच व्याककारले प्रतिकिलोमिटर एक रुपैंयामा गुडाउने कम्पनीको दावी छ ।
पूर्ण इलेक्ट्रीक यो कार खरिद गरेपछि तपाँई पेट्रोलको लाइनमा बस्ने झन्झटबाट मुक्त हुनुहुनेछ । यो कारलाई पूर्ण रुपमा चार्ज गरेपछि एक सय किलोमिटरको यात्रा गर्न सकिन्छ । यसैगरी यसमा रिभाईभ भन्ने सुविधा पनि छ जसले व्याट्रिको चार्ज न्यून स्तरमा रहेको समयमा पनि ८ किलोमिटरसम्म यात्रा गर्न सकिन्छ ।
ईटुओको अर्को राम्रो विशेषता भनेको यसमा भएको पर्यात्प ठाउँ हो । इलेक्ट्रीक कारहरु साँघुरा हुने गरेकामा यो कारमा पर्याप्त ठाउँ छ जसले गर्दा यो फेमिलि कार बन्न लायक छ ।
यो कारमा विभिन्न सुविधा छन जसले यसलाई भविष्यमूखि बनाएको छ । कारमा भएका विभिन्न सुविधाहरु रिमोट कन्ट्रोलबाट नियन्त्रण गर्न सकिन्छ । कारको गतिविधिलाई कम्पनीले हरेक क्षण मोनिटर गरिरहेको हुने हुनाले कारको गतिविधि तत्कालै थाहा पाउन सकिन्छ ।
आधुनिक कारको स्वरुपमा बनाइएको इटुओमा बलियो खालको स्टील प्रयोग गरिएको छ । यसैगरी यो कार युरोपेली सुरक्षा मापदण्डअनुसारको छ । कारमा एयर व्याग पनि भएकाले सामान्य दुर्घटनामा यात्रु सुरक्षीत रहन्छन् । एयर ब्यागवाहेक अन्य सुरक्षा सर्तकता अपनाइएको यो कार सुरक्षीत रहेको कम्पनीको दावी छ ।
भारतमा यो कारको मूल्य पाँच लाख ९६ हजार भारु राखिएको छ । कम्पनीले हरेक वर्ष ३० हजार यस्ता कार उत्पादनको क्षमता आफूसँग भएको दावी गरेको छ । कम्पनीले यो कार यसै साता बजारमा उतारेको हो ।