काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाली लगानीकर्ताको र यूरोपको प्रतिष्ठित टेलिफोन सेवा प्रदायक कम्पनी टेलियासोनेराको सम्युक्त लगानीमा सञ्चालित एनसेल नेपालको मूख्य कार्यालय बानेश्वरमा भएको तोडफोडको निन्दा गरेका छ । मंगलवार नेकपा(मावोवादी समर्थित मजदुर संगठनले एनसेल कार्यालय तोडफोड गरेको थियो । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबारै घटनाको विरोध गरिसकेको छ ।
परिसंघले अहिलेको असहज वस्तुस्थितिमा पनि सफलतापुर्वक व्यवसाय सञ्चालन गर्दै राज्यलाई सबैभन्दा धेरै कर तिर्ने कम्पनीमाथि भएको आक्रमणले नेपालमा लगानी गरिरहेका वा गर्न चाहनेहरुलाई नराम्रो शन्देश जाने जनाएको छ ।
परिसंघले विज्ञप्तिमा मोबाइल सेवा प्रदायक संस्थाको भौतिक सम्पत्ति, कार्यालय, बन्दोबस्तीका सामान तथा उपकरणका साथै सवारीसाधन माथि समेत भएको आक्रमणले मुलुकको समग्र अर्थतन्त्र तथा उद्योग व्यवसायलाई थप बर्वादी तर्फ लैजाने उल्लेख गरेको छ । ‘घटनाको कारण खोतल्दा कुनै अर्को कम्पनीसँगको विवादको विषयलाई लिएर एनसेलमा आक्रमण हुनु जुनसुकै कोणबाट पनि भत्र्सनायोग्य छ,’ विज्ञप्तिमा उल्लेख छ । भर्खरै मात्र प्रतिठिष्त व्यवसायी तथा ओरिएण्टल होटलका सञ्चालक श्री बीके श्रेष्ठमाथि भएको आक्रमण सेलाउन नपाउँदै मुलुकको लगानी, आर्थिक एवं व्यवसायिक वातावरण खल्बलाउने गरी एनसेलमा भएको यस्तो आक्रमण जुनसुकै ब्यक्ति वा समूहबाट भएको भए पनि निन्दनीय र अक्ष्यम्य भएको परिसंघले