काठमाडौं । बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको स्प्रिङउड कपडाको बजार प्रवद्र्धनका लागि सुरु गरेको प्रतियोगिता सकिएको छ । सहभागी मध्ये तीन जनाले कुसुम महोत्सवमा सहभागी हुने अवसर पाएका छन् । सहभागीलाई भिडियो विज्ञापनमा कम्पनीको स्प्रिङउड ब्रान्ड प्रवद्र्धन गर्न अवसर दिइएको थियो । कम्पनीको फेसवुक पेज र भिडियो मार्फत विजेता घोषणा गरिएको थियो । उपत्यकाको सबै कलेजले सहभागिता जनाएको प्रतियोगितामा १४ भिडियो समावेश गरिएको थियो । प्रतियोगितामा विजयी टिम ओस्कार, टिम अनिश, साहन एन्ड युकेश र टिम अधिश, अन्ना र इशान रहेका थिए । विजयी हुने कम्पनीले क्रमस पाँच हजार, ३ हजार र २ हजार रुपैयाँले पुरस्कृत गरेको थियो ।
