कार्टेलिङले अन्तर बैंक सापटी दर बढ्यो, निक्षेपको ब्याज वढ्न थाल्यो, कर्जाको पनि वढाउन दवाव

बिजमाण्डू
२०६९ फागुन १६ गते ००:०० | Feb 27, 2013
काठमाडौं । केही वाणिज्य बैंकहरुले अन्तर बैंक सापटीमा कार्टेङलिङ गरेर व्याज बढाउन थालेका छन् । निक्षेप घटेर तरलता अभाव हुन थालेको फाइदा उठाउँदै केही बैंकले चार प्रतिशतको सापटी दरलाई ६ प्रतिशत पुर्याएका हुन् ।
उनीहरुले ६ प्रतिशतभन्दा माथि सापटी लिनेलाई मात्र पैसा दिएका छन् । जसले गर्दा अन्तर बैंक सापटी ७ प्रतिशतसम्म पुगेको छ । विकास बैंक र फाइनान्स कम्पनीलाई दिने ब्याज दर १२ प्रतिशतभन्दा माथि छ ।
कार्टेलिङले व्याज दर माथि पुगेपछि केही बैंक भने राष्ट्र बैंकसँग वढी तिरेर पैसा लिन थालेका छन् । ८ प्रतिशत व्याजको स्थायी तरलता सुविधामार्फत नबिल, हिमालयनलगायतका बैंकले राष्ट्र बैंकसँग पैसा चलाइ रहेका छन् । टे«जरी वि, विकास ऋणपत्रलगायतका धितोमा मागको बेला यस्तो सुविधा प्रयोग गर्न पाइन्छ ।
सरकारी स्वाम्तिवका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, किस्ट बैंक, लक्ष्मी बैंकलगायतले कार्टेलिङ गरेका हुन् । उनीहरुको कार्टेलिङबाट आजित भएर केही बैंकले स्थायी तरलता सुविधा प्रयोग गर्न थालेका हुन् ।
यि बैंकले बैंकर्स संघमार्फत राष्ट्र बैंकसँग सस्तो ब्याजको रिपो माग गरेका छन् । तर राष्ट्र बैंकले रिपो जारि गरेको छैन । यसैको फाइदा उठाउँदै केही बैंकले अन्तर बैंक सापटीको दर माथि पुर्याएका हुन् ।
तरलता अभावले सापटी दर वढ्न थालेको र सरकारी खर्चसमते नभएका कारण निक्षेपको  व्याज वढाउन थालिसकेका छन् । संस्थागत निक्षेपकर्तालाई दिने ब्याज साढे ६ प्रतिशतबाट वढेर ८ प्रतिशतसम्म पुगिसकेको छ । बचत खाताको ब्याज नचलाए पनि मुद्दति र कल डिमान्ड खाताको ब्याज वढ्न थालेको छ ।
निक्षेपको ब्याज वढेपछि कर्जाको व्याज वढाउन बैंकहरु प्रोत्साहित हुने छन् । राष्ट्र बैंकले निक्षेपको  व्याज वढाएर लिने र दिने व्याज अन्तर कम गर्न बैंकहरुलई मौखिम निर्देशन दिइसकेको छ । प्रधानमन्त्री वावुराम भट्टराईले समेत बैंकहरुको स्प्रेड वढी भएको भन्दै यसलाई नियन्त्रण गर्न सार्वजनिक कार्यक्रममार्फत गभर्नर युवराज खतिवडालाई निर्देशन दिइसकेका छन् ।

Tata
GBIME