
काठमाडौं । मंगलबार देखिएको सामान्य बृद्धिलाई निरन्तरता दिने क्रममा नेप्सेले बुधबार उत्साहजन बृद्धि दर्ता गरेको छ । बुधबार परिसुचक १.५५ प्रतिशत (५.९९ अंक) ले बढेर ३९२.०१ अंकमा पुगेको छ । नेप्सेमा बुधबार दर्ता भएको वृद्धि गत आईतवार देखिएको वृद्धि (१.६३ प्रतिशत) बाहेक विगत तीन साता यता देखिएको ठुलो वृद्धि हो ।
नेप्सेको वृद्धिलाई मजबुति दिने क्रममा अन्य समूहको उपसूचक २.०४ प्रतिशतले बढ्यो भने बैंकिङ समूह १.९२, जलविद्युत १.४८ र विकास बैंक उपसूचक १.०६ प्रतिसतले बढेका छन् ।
बुधबारको वृद्धिमा नेपाल टेलिकमको भूमिका मुख्य रह्यो । यस दिन टेलिकमको सेयर अघिल्लो दिनको क्लोजिङ प्राइस ४९० बाट बढेर ५०० रुपैंया प्रतिसेयरमा क्लोजिङ भएको छ जस अनुसार टेलिकमको सेयर प्रति कित्ता १० रुपैंयाले बढ्यो । बुधबार बजारमा पाँच करोड रुपैंया बराबरका सेयर कारोबार भएको छ । उच्च कारोबार हुने कम्पनीहरुमा चिलीमे हाईड्रोपावरको ७२ लाख र बैंक अफ काठमाण्डौ ६७ लाख रुपैंया बराबरको सेयर कारोबार भयो ।
नेप्सेमा नयाँ विकस बैंक
बुधबारदेखि नेप्सेमा नयाँ लघुवित्त विकास बैंक थपिएको छ । झापाको अनारमणीमा मुख्य कार्यालय भएको समिट लघुवित्त विकास बैंकको सेयर कारोबार सुरु गरेको हो । पहिलो दिनको कारोवारमा सो बैंकको सेयर अधिकत प्रति सेयर १९३ रुपैंया र न्यूनतम १६९ रुपैंयाको बीचमा कारोबार भए पनि १७२ रुपैंया अन्तिम मूल्य निर्धारण भएको छ । समिट लघुवित्त विकास बैकको २ लाख ५० हजार कित्ता सेयरहरु सुचीकृत छन् ।
नेसनल लाईफको बोनस सेयर
नेप्सेमा ३० लाख ८५ हजार १५१ कित्ता सुचिकृत भएको नेसनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने भएको छ । बोनस सेयरको घोषणासँगै बुधबार कम्पनीको शेयर मूल्य प्रति सेयर २० रुपैंयाले घटेर ५१९ रुपैंयामा झरेको छ ।