
काठमाडौं । दक्षिण कोरियामा काम गरेर वैधानिक रुपमा फर्किएका कामदारका लागि भाषा परीक्षा सञ्चालन हुने भएको छ । रोजगार अनुमति प्रणाली(इपिएस) अन्तर्गत सन् २०१० जनवरी १ पछि भिसा अवधि भित्रै स्वेच्छिक रुपले नेपाल फर्किएकाले भाषा परीक्षामा सहभागी हुन पाउनेछन् ।
भाषा परीक्षामा सामेल हुनको लागि फागुन २३ देखि २५ गतेसम्म फर्म भर्ने समय दिइएको छ । परीक्षा मिति यही चैत्र १४ गते तोकिएको छ । परीक्षामा सामेल हुने प्रशिक्षार्थीको उमेर १८ देखि ३९ वर्ष ननाघेको हुनुपर्नेछ । परीक्षामा शुल्क अमेरिकी डलर रहेको छ ।