सिभिलको सेयर स्टकमा सूचिकृत, फागुन २० गतेदेखि सर्वसाधरणका लागि कारोवार खुला हुँदै

बिजमाण्डू
२०६९ फागुन ११ गते ००:०० | Feb 22, 2013
सिभिलको सेयर स्टकमा सूचिकृत, फागुन २० गतेदेखि सर्वसाधरणका लागि कारोवार खुला हुँदै

काठमाडौं । सिभिल बैंक लिमिटेडका दुई करोड कित्ता सेयर नेपाल स्टकमा सूचिकृत भएको छ । स्टकले सिभिलको सेयर सूचिकृत गर्ने निर्णय फागुन ४ गते गरेको हो । सेयर सूचिकरणका लागि सिभिल बैंक र नेप्सेवीच सम्झौता भएको स्टकले शुक्रवार जानकारी दिएको छ । स्टकमा सिभिल बैंकको सेयर कारोवार फागुन २० गते आइतवारबाट हुनेछ । सेयर सम्झौता भएको सूचना पत्रपत्रिकामा प्रकासित भएको सात दिनपछि स्टकमा सेयर कारोवार हुन्छ, त्यसको अर्थ अर्को शुक्रवार स्टकमा कारोवार हुने छैन्, कारोवार फागनु २० गतेबाट सुरु हुनेछ ।
बैंकले गत महिना सिभिलको सेयर सर्वसाधरणका लागि जारी गरेको हो । बैंकले साधरण सेयरधनीलाई ८० लाख कित्ता सेयर बाँडफाँड गरेको छ । बैंकले ५७ हजार ५८८ जना सेयरधनीलाई सेयर बाँडफाँड गरेको हो, यसमा २५७ जना बैंक कर्मचारी र दुईवटा सेयर निष्काशन तथा विक्री प्रवन्धक छन् । बैंकले चार लाख कित्ता सेयर बैंकका कर्मचारी र छ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्टयाएको छ । बैंकको सेयर लिन साढे ५७ हजार लगानीकर्ताले पाँच करोड ४० लाख कित्ता सेयर पाँच अर्व ४० करोड रूपैयाँका लागि आवेदन गरेका थिए । बैंकले मंसिर २५ देखि जारी गरेर मंसिर २८ सम्म सेयर आवेदन खुला गरेको थियो । बैंकले एक महिनाभन्दा कम सयमा सेयर बाँडफाँड गरेको हो । पाँच सय कित्ताभन्दा कम सेयरका लागि आवेदन गरेकाले २७.०९ प्रतिशतको औषतमा सेयर प्राप्त गरेका छन् भने त्यसभन्दा बढी सेयर आवेदन गर्नेले १०.१९ प्रतिशतको औषतमा सेयर प्राप्त गरेका छन् । सिभिलको सूचिकरणपछि दिनुपर्ने आरटिएस सेवाका लागि सिभिल क्यापिटल मार्केटलाई नियुक्त गरिएको छ ।

Tata
GBIME
Nepal Life