काठमाडौं । सबैभन्दा वढी लाभांस दिएको युनिलिभर नेपालको पहिलो ६ महिनामा नाफा घटेको छ । कम्पनीको नाफा १९ करोड ३ लाखबाट घटेर १७ करोड ६८ लाखमा झरेको हो ।
कम्पनीले टर्नओभर घटेका कारण नाफा घटेको जनाएको छ । गत वर्षको नाफाबाट कम्पनीले सेयर लगानीकर्तालाई ६ सय ८० प्रतिशत लाभांस दिएको थियो । कम्पनीले गत वर्षभन्दा यसपाली कार्य दिन घटेका कारण उत्पादन तथा कारोबारमा समस्या परेको जनाएको छ ।
नाफासँगै प्रति सेयर आम्दानीमा पनि गिरावट आएको छ । कम्पनीको प्रति सेयर आम्दानी २०६ रुपैयाँबाट घटेर १९२ रुपैयाँमा झरेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ३०.३ गुणाबाट वढेर ५२.६ गुणा पुगेको छ । प्रति सेयर नेटवर्थ ७७१ रुपैयाँबाट वढेर ९७४ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्जको ब्लु चिप सेयर युनिलिभरको सेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ छ । कम्पनकिो जगेडा कोषमा ८० करोड ४६ लाख रुपैयाँ छ ।