दुबै हात छैनन्, तैपनि जेसिका पाइलट हुन्

बिजमाण्डू
२०६९ फागुन ९ गते ००:०० | Feb 20, 2013

न्युयोर्क । सुन्दा अचम्म लाग्छ तर वास्तविकता हो । अमेरीका निवासी एक महिलाका दुई हात छैनन् । तर, उनको जीवन सामान्य मानिसभन्दा पनि साहसिक छ । हात छैनन, तर उनी जहाज उडाउँछिन, कार गुडाउन सक्छिन, पियानो बजाउँछिन् । उनको नाम विमान उडाउने दुवै हातन भएकी महिलाको रेकर्ड पनि छ । उनको नाम हो जेसिका कक्स, उमेर ३० वर्ष, ठेगाना एरिजोना, अमेरिका ।

Tata
GBIME

कुनै परि जस्तो लाग्ने जेसिका मनोविज्ञानकी स्नातक हुन । उनले तेक्वान्दोमा डबलव्ल्याक बेल्ट पाएकि छन् । उनी कम्प्युटर मज्जाले चलाउँछिन्, कपाल समेत आफैं कोर्छिन, फोनमा कुरा गर्न सक्छिन । उनले यी सबै कुरा खुट्टाले गर्छिन । जेसिका जन्मँदा नै उनका दुवै हात थिएनन् । उनकी आमाले विभिन्न चिकित्सक, धामी, झाँक्रिकहाँ छोरीको उपचार गराईन तर पनि उनको हात पलाउन सकेन । हातै नभएपछि जेसिकाले अरु बच्चाले हातले गर्ने काम खुट्टाले नै गर्न थालिन । उनी सानीछँदा उनीकी आमाले खौलानाहरु उनको खुट्टामा नै राख्ने गर्थिन ।

तीन वर्षको उमेरदेखि नै जेसिकाले जिम्न्यास्टीकको कक्षा लिन थालेकी थिइन । ६ वर्षको उमेरमा त उनी घर पछाडीको पोखरीमा पौडन सक्ने भईसकेकी थिईन । उनी खुट्टाले खाना पकाउँछिन, भाँडा माझ्छिन, लेख्ने तथा टाईप समेत खुट्टाले नै गर्छिन ।

जेसिकाले २०१२ मा तेक्वान्दो प्रशिक्षक प्याट्रिकसँग विवाह गरिन् । उनी मोटिभेस्नल स्पीकरका रुपमा देश विदेशमा प्रवचन दिने गर्छिन । प्रवचनका क्रममा उनले आफ्नै जीवनलाई उदाहरणका रुपमा प्रस्तुत गर्ने गरेकि छन् । उनी भन्छिन, सृजनात्मकता, लगनशिलता र भयरहित हुनेलाई कुनै कुरा असम्भव छैन ।