
बैंकहरु सञ्चाल विस्तारसँगै यसले दिने सेवा पनि वढिरहेको छ। पछिल्लो समय बै्कबाट उदारो चलाउनेहरु पनि वढिरहेका छन्। सेवा विस्तारले बैंकहरुबाट ५५ हजार ५१९ वटा क्रेडिट कार्ड जारि भइसकेो छ। कतिले वाध्यताले कार्ड प्रयोग गरिरहेका छन् त कतिले फेसनका रुपमा पनि कार्ड प्रयोग गरिरहेका छन्। क्रेडिट कार्डलाई सही ढंगले प्रयोग गरे यसबाट राम्रै फाइदा उठाउन सकिन्छ।
१) अति आवश्यक वस्तु बाहेकमा क्रेडिट कार्डको प्रयोग नगर्नुस्।
२) सकेसम्म स्टेटमेन्टको अन्तिम दिन पुरै रकम भुक्तानी गर्दिनुहोस, जसले गर्दा तपाईलाई ब्याज नलागोस। क्रेडिट कार्डको ब्याज विश्वब्यापी रुपमै महँगो हुन्छ। खासमा यो अति जोखिमपूर्ण प्रोडक्ट भएकाले ब्याज महँगो पर्न जान्छ। यसको प्रोसेसिङ्ग खर्च पनि कारोबार लागतका कारणले महँगो हुन्छ। फेरी कुनै धितो नहुने भएकाले बैकका लागि यो जोखिमपूर्ण नै मानिन्छ। सबै क्रेडिट कार्ड प्रयोगकर्ताले समयमै पैसा तिरे भने बैंकले ब्याज आम्दानी गर्न पाउँदैन।
३) क्रेडिट कार्ड जति सहज छ त्यती नै यसले तपाईको वित्तीय हिसावकिताव गडवड गर्न सक्छ। वित्तीय अनुशासनमा बस्नका लागि पनि क्रेडिट कार्डको सहि र उचित प्रयोग गर्न जान्नु पर्छ।
४) साथिभाई, गर्लफ्रेन्ड अनि घर परिवारलाई धाक दिनका लागि क्रेडिट कार्ड प्रयोग नगर्नुस्। बिल तपाइले तिर्ने हो अरुले होईन।
५) नेपालको हकमा एउटा क्रेडिट कार्ड भए काफी हुन्छ। त्यसैले पाएँ भन्दैमा पर्सभरी कार्ड नबोक्नुस्। जति थोरै कार्ड भयो ब्यबस्थापन त्यती नै सहज हुन्छ।
६) घरायसी बजेट बनाएर गर्ने खर्चहरु सबै क्रेडिट कार्डबाट नै तिर्नुस । जस्तो भाटभटेनी, सेल्स्वेज, बिग मार्ट आदिमा गर्ने खर्चहरु। यसले तपाईको खर्च गर्ने बजेट बचत खातामा रहन्छ र थोरै भए पनि ब्याज आउँछ। क्रेडिट कार्ड प्रयोग गरे बापत रिवार्ड पोइण्ट आउन स्कछ (बैंक हेरेर) जुन तपाईले सामानसँग एक्सचेन्ज गर्न सक्नु हुन्छ।
(सुब्बा नेशनल बैकिङ इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत हुन्)