अन्तराष्ट्रिय दवावपछि संगठित अपराध निवारण अध्यादेश राष्ट्रपतिबाट शुक्रवार प्रमाणिकरण

बिजमाण्डू
२०६९ फागुन ४ गते ००:०० | Feb 15, 2013
अन्तराष्ट्रिय दवावपछि संगठित अपराध निवारण अध्यादेश राष्ट्रपतिबाट शुक्रवार प्रमाणिकरण


काठमाडौं । अन्तराष्ट्रिय दवावपछि राष्ट्रपति डा. रामवरण यादवले संगठित अपराध निवारण अध्यादेश प्रमाणीकरण गरेका छन् । सरकारले अन्तराष्ट्रिय समुदायसँग सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादमा वित्तिय रोकथामका लागि अन्तराष्ट्रिय संगठन वित्तिय कारोवार सम्बन्धी कार्यदल ९एफएटिएफ०सँग डिसेम्बर २०१० भित्रै यस्तो अध्यादेश जारी गर्ने प्रतिवद्धता गरेको थियो । प्रतिवद्धता विपरित संगठित अपराध विरुद्धको ऐन जारी नभएपछि एशिया प्यासिफिक समूहले हङकङमा जनवरी १४ देखि १८ सम्म  आयोजना गरेको  फेस टु फेस कार्यक्रममा नेपालसँग असन्तुष्टि व्यक्त गरेको थियो । नेपालले ऐन अध्यादेशका रुपमा राष्ट्रपति समक्ष सिफारिश भएको जानकारी दिंदै यो अध्यादेश कार्यान्वयनमा आउने विश्वास अन्तराष्ट्रिय समुदायलाई दिलाएको थियो ।
एफएटिएफले यही महिनामा फ्रान्सको पेरिसमा हुने प्लेनरी बैंठक अगावै ऐन जारी गर्न नेपाललाई आग्रह गरेको थियो । यही प्रतिवद्धता अनुसार शुक्रवार राष्ट्रपति यादवले शुक्रवार अध्यादेश जारी गरेका हुन् । राष्ट्रपति कार्यालयले अध्यादेश जारी गरेको जानकारी दिंदै प्रेस विज्ञप्तिमा भनिएको छ, नेपालले अन्तर्राष्ट्रिय समुदाय समक्ष व्यक्त गरेको प्रतिवद्धता र राष्ट्रिय हितलाई समेत दृष्टिगत गरी राष्ट्रपति डा। रामवरण यादवबाट नेपालको अन्तरिम संविधान २०६३ को धारा ८८ को उपधारा ९१० बमोजिम देहायको अध्यादेश प्रमाणीकरण भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

Tata
GBIME
Nepal Life