इन्भेष्टमेन्ट बैंकको नाफासँगै प्रति सेयर आम्दानी पनि वढ्यो, नाफा ८९ करोड, आधार दर ७.८ प्रतिशत

बिजमाण्डू
२०६९ माघ २९ गते ००:०० | Feb 11, 2013
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले पुससम्म ८९ करोड १२ लाख रुपैयाँ नाफा गरेको छ । यो अघिल्लो पुसको भन्दा ८६ प्रतिशतले वढी हो । नाफाको वृद्धिले बैंकका सेयरधनीको पनि मूल्य वढेको छ । बैंकको प्रति सेयर आम्दानी ३१ रुपैयाँबाट ४७ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दनी अनुपात १७.२ गुणा पुगेको छ ।
बैंकले लिने र दिने ब्याजको अन्तर (स्प्रेढ्ड) फराकिलो बनाएको र डुवेको ऋण उठाएकाले नाफामा वृद्धि भएको हो । बैंकले २२ करोड ४९ लाख रुपैयाँ डुवेको ऋण उठाएको हो । स्प्रेड दर ३.९ प्रतिशतबाट बढाएर ४.७ प्रतिशत पुगेको छ । कर्जा १२.५९ प्रतिशतले वढाएको बैंकले स्प्रेड फराकिलो बनाएका कारण नाफा वृद्धि भएको हो । बैंकले पुससम्म ४६ अर्ब ४४ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।
स्प्रेड फराकिलो भएकै कारण खुद ब्याज आम्दानी ५५ प्रतिशतले बढेको छ । पुससम्म बैंकले १ अर्ब ४५ करोड खुद व्याज आम्दानी गरेको छ । बैंकले यो अवधिमा निक्षेप ५.३१ प्रतिशतले वढाएर ५५ अर्ब १३ करोड रुपैयाँ पुर्याएको छ । बैंकले आफ्नो आधार ब्याज दर ७.८ प्रतिशत तोकेको छ ।

Tata
GBIME
Nepal Life