सुकुम्बासी आमा, करोडपति छोरो, अचम्मको सम्वन्ध

बिजमाण्डू
२०६९ साउन १ गते ००:०० | Jul 16, 2012

लण्डन । यो सिजनको युरोकपमा सबैभन्दा बढी चर्चामा रहेका स्टार फुटवल खेलाडी भए, इटालीका मारियो बालाटोली । बालाटोली युरोपेली फुटवल क्लव म्यानचेष्टर युनाइटेडका लागि खेल्छन्, उनी सातामा एक लाख २० हजार पाउण्ड कमाउँछन । बालाटोली सयौं पाउण्ड पर्ने स्याम्पेन बोटलबाटै सीधा पिउँछन्, चर्चको दानपात्रमा हजारौं पाउण्ड चढाउँछन् ।
छोराको यस्तो नवावी पृष्ठभूमी छ, तरसँगै अर्को एउटा तस्वीर पनि छ, त्यो तस्वीर हो उनलाई जन्म दिने आमाको । बालाटोलीकी आमा छोराको ४२ करोड पर्ने बंगालाभन्दा केही परको एउटा कार्यालयमा सफाइ कर्मचारीको रुपमा काम गर्छिन्, अनि प्रतिघण्टा छ पाउण्ड कमाउँछिन् । छोराले एक सातामा पाउने पैसा कमाउनका लागि उनले दैनिक आठ घण्टा काम गरिन भने २५ सय दिन लाग्छ, अर्थात सात वर्ष ।
एक लाख २० हजार पाउण्ड पर्ने फुटवल मैदानमा बालाटोलीका खुट्टाले स्पर्श गरिरहँदा बालाटोलीकी आमा रोज बारुवा भने ११ नम्वरको बस समात्छिन्, अनि सफाइका लागि आफ्नो अफिस पुग्छिन् ।
बारुवा सातामा पाँच दिन म्यानेचेष्टर शहर नजिकको चिडलेमा कार धुने काम गर्छिन्, छोरा त्यही शहरका लागि खेल्छ, हिंड्दा सारा शहर पछि बालाटोली भन्दै पछि लाग्छ तर आमा बरुवाको पछि मात्र गरिवी छ, उसले मात्र पेटको कुरा गर्छ, भोकको कुरा गर्छ ।
छोरो ४२ करोडको घरमा बस्छ, आमा वेटेनस नगरले बनाएको सस्तो घरमा भाडामा बस्छिन्, जहाँ च्यानल फोरका लागि झुटो परिवारले उठाएका फाइदाका विषयमा हाँस्यव्यँग्य कार्याक्रमको सुटिङ हुन्छ ।
असलमा बालाटोलीलाई यिनै रोज बरुवाले जन्मदिएकी थिइन, गरिवीमा हुकिंदै गरेका बालाटोलीलाई ४६ वर्षका गेभ बालाटोलीले दुई वर्षको उमेरमै धर्मपुत्र बनाइन । बार्सिया इटालीमा बस्दै गरेका गेभ, श्रीमान र धर्मपुत्र मारियो अघिल्लो क्रिसमसमा म्यान्चेस्टरको नयाँ घरमा सरे । २ वर्षमा धर्मपुत्र ग्रहण भएका बालाटोली अहिले २१ वर्षका भए ।
रोज केही वर्षअघि छोरीलाई साथ लिएर इटालीमा आइन, उनको इटाली आउनुको एउटा मात्रै चाहना थियो छोरासँग केही समयसँगै विताउनु । छोराले अहिले मोज गरिरहेको सम्पत्तिप्रति उनको कुनै रुची छैन्, सफाइ कर्मचारीको काम गरेर उनले त्यसलाई पुष्टि पनि गरेकी छन् ।
छोरो विश्वभरि चर्चित हुँदा पनि जन्म दिने रोज ‘लो प्रोफाइल’मा बस्न चाहन्छिन्, छोरा मारियोले त्यसलाई ठूलो दवाव दिन चाहदिनन्, तर उनी छोरासँग त्यस्तो सम्वन्ध बनाउन चाहन्छिन्, जस्तो हरेक आमाको आफ्नो छोरासँग सम्वन्ध हुन्छ ।
त्यसो त आमाको मामिलामा बालाटोली पनि मात्तिएका छैनन्, उनी दर्जनौं पटक आपूmलाई जन्मदिने आमाको घरमा पुगेका छन्, साँघुरो घर अगाडी सेतो बेन्टले कारलाई पार्क गरेका छन् ।
बालाटोलीलाई जन्मदिने आमाबाबुको पुख्र्यौली घर घाना हो, जहाँ सुकुम्वासीका रुपमा बस्दा छोराको जीवन नर्क समान हुने भएपछि आमाबाबुले उसलाई धर्मपुत्रका रुपमा इटालीकी महिलालाई जिम्मा लगाए । धर्मपुत्र ग्रहण गरेकी आमाले बालाटोलीको असली बाबुआमाका विषयमा गलत सन्देश छोरालाई दिए, जसले असली आमाले तिमी मेरो छोरो हौ भन्ने प्रमाणित गर्न धेरै मेहनत गर्नुप¥यो ।
रोजले केही समय अघि भनेकी थिइन, छोरोले आजभोली मसँग समय विताउँछ, तर केही समय मात्र, उसको आफ्नै जीवन छ, मेरो आफ्नै ।
डेलीमेलबाट

Tata
GBIME
NLIC