मारुतीले भारत गुजरातमा चौथो प्लान्ट लगाउँदै, वर्षमा साढे सात लाख कार उत्पादन गर्ने

बिजमाण्डू
२०६९ माघ १५ गते ००:०० | Jan 28, 2013
मारुतीले भारत गुजरातमा चौथो प्लान्ट लगाउँदै, वर्षमा साढे सात लाख कार उत्पादन गर्ने

नयाँदिल्ली । मारुती सुजुकी इन्डिया लिमिटेडले भारतमा चौथो पलान्ट निर्माण गर्न गुजरातमा जग्गा खरिद गरेको छ । नयाँ खरिद गरिएको जग्गामा प्रत्येक वर्ष सात लाख ५० हजार युनिट कार उत्पादन गर्न सक्ने क्षमताको पलान्ट सञ्चालन गरिने कम्पनीले जानकारि दिएको छ ।
चौथो पलान्टले सन २०१७ को सुरुवातदेखि उत्पादन सुरु गर्ने छ । उत्पादित कारलाई युरोप र मध्यपुर्वमा निर्यात गरिने कम्पनीले बताएको छ । मारुती सुजुकीको तेस्रो पलान्टको निर्माण कार्य यहि मार्चदेखि गुजरातमै सुरु हुँदैछ । यसले २०१५ बाट उत्पादन सुरु गर्ने कम्पनीले बताएको छ ।
मारुती जापानको सुजुकी मोटर कर्पाेरेसनसँगको साझेदारीमा स्थापित कम्पनी हो । भारतको साना कारको बजारमा मारुती सुजुकी पहिलो स्थानमा छ ।

Tata
GBIME
Nepal Life