जुत्ताचप्पलको बिग मेलापछि अब उत्पादक संघको पनि प्रदर्शनी, २५ प्रतिशतसम्म छुटको घोषणा

बिजमाण्डू
२०६९ माघ १२ गते ००:०० | Jan 25, 2013
जुत्ताचप्पलको बिग मेलापछि अब उत्पादक संघको पनि प्रदर्शनी, २५ प्रतिशतसम्म छुटको घोषणा

काठमाडौ । नेपाल छालाजुत्ता उत्पादक संघले पनि आगामी माघ २६ गतेदेखि जुत्ता मेलाको आयोजना गर्ने भएको छ । राजधानीको सभागृहमा आयोजना गर्न लागिएको मेलामा करिब ७५ जुत्ता तथा वस्तु उत्पादन कम्पनीले सहभागिता जनाउने छन ।

करिब एक लाख अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको मेलामा लगभग सवा दुई करोड रुपैयाँ बराबरको व्यापार हुने अनुमान गरिएको छ । मेलामा राखिने जुत्ताचप्पलमा १५ देखि २५ प्रतिशतसम्म छुटदिने आयोजकले बताएका छन । एक सय पचासदेखि ७ हजार पाँच सयसम्मका जुत्ता चप्पल उपलब्ध हुने मेला फागुन ५ गते सम्म चल्नेछ । यही राष्ट्रिय सभागृहमा अहिले बिएफ डिएर हिल, शिखर सुज लगायतका चार कम्पनीको जुत्ता मेला सञ्चालन भैरहेको छ । मेलामा ७० प्रतिशतसम्म छुटको व्यवस्था छ ।

Tata
GBIME
Nepal Life