काठमाडौं। नेपालले तीन महिनामा अढाइ अर्बभन्दा बढीको अलैंची विदेशमा बिक्री गरेको छ। निर्यात ५३ प्रतिशतले बढेपछि तीन महिनामा अलैंची बिक्रीबाट अढाइ अर्ब रुपैयाँभन्दा बढी भित्रिएको हो।
चालु आर्थिक वर्ष साउनदेखि असोजसम्म २ अर्ब ५७ करोड २३ लाख रुपैयाँको १४ लाख ४९ हजार केजी अलैंची विदेशमा निर्यात गरिएको छ। त्यसमध्ये ९१ करोड रुपैयाँभन्दा बढीको अलैंची असोजमा निर्यात गरिएको हो।
पोहोर सोही अवधिमा १ अर्ब ६७ करोड ९१ लाख रुपैयाँको १० लाख ७२ हजार केजी अलैंची निर्यात भएको थियो।
नेपालबाट अलैंची खासगरी भारतमा निर्यात हुने गरेको छ। यो वर्ष अलैंची प्रति मन ९० हजार रुपैयाँभन्दा बढीमा कारोबार भइरहेको छ।










![लक्ष्मीपूजा र दिपावलीले यसरी झिलिमिली बन्यो काठमाडौं उपत्यका [तस्बिर] लक्ष्मीपूजा र दिपावलीले यसरी झिलिमिली बन्यो काठमाडौं उपत्यका [तस्बिर]](https://bizmandu.com/wp-content/uploads/2026/11/848804182_1140586615022874_2099901756651918260_n-1-300x300.jpg)